Untitled Document

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङविच भेटवार्ता हुदै (आजका फोटो फिचरसहित)

बेइजिङ, असार ७

चिन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली विहिवार विहान विभिन्न कार्यक्रममा सरिक हुनु भएको छ । चिनिया समकक्षी लि खछयाङसग भेटवार्ता गर्नुअघि उहाले नेपाल चीन मैत्रीपूर्ण दौड बेइजिङ्ग २०१८ को उद्घाटन गर्नुभयो ।

त्यसपछि युनिभर्सिटी अफ स्पोटर्सका पदाधिकारीसँग छलफल गर्नुका साथै चाइना कम्युनिष्ट पार्टी (सिपीसी) केन्द्रीय समितिमा रहेको संग्रहालयको अवलोकन समेत गर्नुभयो । अवलोकनमा उहाँका साथमा उहाँका धर्मापत्नी राधिका शाक्यसहित भ्रमणदलमा मन्त्रीहरु, सांसद र सरकारी उच्चअधिकारी समेत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले नेपाली समय अनुसार पौने तीन बजे चिनियाँ समकक्षी खछ्याङसग भेटवार्ता गरी द्धिपक्षिय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

June 21, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *