जनता टाइम्स

५ माघ २०७६, आईतवार १०:१५

हेटौंडामा २५ वर्षिय युवतिको शव भेटियो, हत्याको आशंका


हेटौंडा, माघ ५

मकवानपुरको हेटौंडामा एक युवतीको शव फेला परेको छ । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव उनकै घर नजिकै एक्लेखेतमा आज विहान फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरिएको छ । घटना शंकास्पद भएपछि प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसअघि शनिबार पनि हेटौंडामा एक युवतीको शव फेला परेको थियो ।