जनता टाइम्स

५ माघ २०७६, आईतवार ११:२०

गायिका राउतविरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा, प्रक्राउ पुर्जी जारी गरिदिन जिप्रकामा निवेदन


काठमाडौं, माघ ५

प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा महानगरिय परिसर काठमाडौंले मुद्दा दर्ता गरेको हो ।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ । काठमाडौं जिल्ला प्रमुखले आदेश दिने वित्तिकै राउतलाई उपस्थित हुन पत्र काट्ने उहाले जानकारी दिनुभयो । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको छ ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि आलोचित बनेकी थिइन् । त्यसपछि भने उनले रुदै सार्वजनिक रुपमै माफी पनि मागेकी थिइन् ।