Untitled Document

एनआरएनए अध्यक्ष भवन भट्ट क्यानाडा जाँदै : एनसिसी क्यानाडाको अन्तक्रिर्या कार्यक्रम तय

टोरोन्टो, क्यानाडा । गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट क्यानाडा जानुहुने भएको छ । भट्ट रोटरी क्लब इन्टरनेसनल अधिबेशनमा टोरोन्टो जानु हुने भएको हो । सोही अवसरमा एनआएएनए क्यानाडाले एक अन्तक्रिर्या कार्यक्रम आयोजना गर्ने तय गरेको हो ।

एनआएएनए अध्यक्ष क्यानाडा आईपुग्नु भएको बेला यहाँ रहेका नेपाली समुदाय बिच गैर आवासिय नेपालीका एजेन्डाहरुमा छलफल गराउने प्रयास स्वरुप यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक अभिमन्यू बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउने रोटरी क्लबका सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । एनआरएनए आईसिसी सदस्यहरु, एनआरएन क्यानाडाका अध्यक्ष लगायतको टिम, जिटिएमा रहेका नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको आफ्ना बिषय प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।

भवन भट्टसंगको अन्तर्कृया कार्यक्रम आउंदो शनिबार बिहान १० ३० बजे टोरोन्टोस्थित काठमाडौं रेष्टुरेन्टमा हुनेछ । उनी निर्वाचित भएपछीको यो पहिलो क्यानाडा भ्रमण हो । अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संगै चिन भ्रमणमा रहेका भट्ट चिनबाट सिधै क्यानाडा जान लाग्नु भएको हो ।

June 22, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *