जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १६:०७

जनता बैंककाे भरतपुर आँखा अस्पताल र वीरेन्द्र विद्यामन्दिर क्याम्पसलाई भौतिक सहयोग


काठमाण्डौं,बैशाख ३१

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखाअस्पताल चितवनलाई २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।

बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्षलाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरणगर्नु भएको हो । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफा मुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखाउपचार सेवा संचालन गरिरहेको छ ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्यामन्दिर क्याम्पस, कैलालीको पुस्तकालयलाई  ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५०० विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।