Untitled Document

मलेसियामा नायिका शुष्माको व्यस्तता !

क्वालालम्पुर,मलेसिया । मेघा लाइभ कन्सर्ट २०१८ नामक कार्यक्रममा सहभागीता जनाउन मलेसिया आएकी मोडेल तथा नायिका शुष्मा थिङ तामाङ म्युजिक भिडियोको छायांकनमा ब्यस्त छिन्।

समाजसेवी,मोडल,नायक,निर्देशक,गायक,व्यवसायी एवं नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बा दोर्जे मोक्तानको पहलमा मलेसिया आएकि सुष्मालाई म्युजिक भिडियोको सुटिङमा भ्याइनभ्याई छ।

मञ्जरी थिएटर ग्रुप मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको ब्यानरमा निर्माणाधीन म्युजिक भिडियोमा शुष्माले अभिनय गरिरहेकी छिन्।उक्त भिडियोहरु मलेसियाको विभिन्न रमणीय स्थानमा छायांकन भईरहेको छ। मलेसियामा छायांकन सम्पन्न भए लगत्तै केही म्युजिक भिडियो सिंगापुरमा पनि छायांकन गरिने,निर्देशक,समाजसेवी मोडल,साहित्यकार तथा मञ्जरी थिएटर ग्रुप मलेसियाका अध्यक्ष अमिर माबोले जानकारी गराउनुभयो।

पछिल्लो समय कि ब्यस्त मोडेल तथा नायिका शुष्मा विशेष गरि तामाङ चलचित्रको पर्दामा देखिदै आएकी छिन्। सुन्दरी नायिका शुष्मा ले हालसम्म तामाङ चलचित्र रित,बुम्बा,सेम्ताबा म्हि,रुङ्सी टिला,सेर्कु,निङ्जे लगायतमा सफल अभिनय गरिसकेकी छिन्। साथै शुष्माले नेपाली चलचित्र झमक बहादुर लगायत दुई दर्जन बढी म्युजिक भिडियो मा आफ्नो अभिनय क्षमता देखाई सकेकी छिन्।

June 26, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *