जनता टाइम्स

१२ माघ २०७६, आईतवार ०६:४९

हिमाली क्षेत्रका जनताका समस्या समाधानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्छ : मन्त्री गुरुङ


काठमाडौं, माघ १२ । महिला, बालबालिकातथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाली क्षेत्रको समृद्धिका लागि जडिबुटीको संरक्षण र सदुपयोग गरेर अघि बढने सरकारको लक्ष्य रहेको बताउनु भएको छ । मन्त्री गुरुङले हिमाली क्षेत्रका जनताको समस्या समाधानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारलाई पनि आग्रहगर्नु भयो ।

‘हिमाली क्षेत्रका जनताको समस्या समाधानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्दछ,’ युङ्गडुङ्ग बोन उच्च शिक्षालय स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमाआयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, ‘हिमाली क्षेत्रको समृद्धिका लागि सरकारले त्यहाँको जाडिबुटीको संरक्षण र सदुपयोग गरेर अघि बढने लक्ष्यलिएको छ ।’ मन्त्री गुरुङले प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन पनि सबैलाई आह्वान गर्नु भयो ।

मन्त्री गुरुङले हिमाली क्षेत्रको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी पाठयक्रमको निर्माण गरी अध्ययन, अध्यापन गराउने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।