जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार २१:५६

एनआरएनए अमेरिका निर्वाचन : सामाजिक कामका पर्याय खीम भट्टराईप्रति मतदाता आकर्षित


न्यूयोर्क बैशाख ३१

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा खीम भट्टराईले उम्मेद्वारी दिनुभएपछि आम अमेरिकाबासी नेपालीबीच चर्चाको बिषय बनेको छ । समाजको हितमा सदैव क्रियाशील भट्टराई सदस्यमा उम्मेद्वार बन्नुभएपछि सवैले चासो दिएका हुन ।

‘समाजको हितमा क्रियाशिल रहन सवैका निम्ती सहज हुने विषय हैन । झन सदैव समाजको हितलाई ध्यानमा राखेर अगाडि बढिरहन त झनै सम्भव नहुन सक्छ । तर समाजमा त्यस्ता केही अपवाद पात्रहरु पनि हुन्छन, जसले आफुलाई समाजको हितमा सदैव क्रियाशील राखिरहन्छ । सहज होस वा असहज जस्तो अवस्थामा पनि समाज र समुदायको निम्ति क्रियाशील रहने त्यस्ता व्यक्तित्वहरु अक्सर सार्वजनिक चर्चामा आउँदैनन तर उनीहरु आफू रहेको स्थानमा, आफ्नो समुदायमा लोकप्रिय र सम्मानित रहन्छन । यस्तै उदाहरणीय र सम्मानित रहेका छन् अमेरिकाको न्युयोर्कमा बस्ने खिमबिक्रम भट्टराई,’ न्यूयोर्कमै रहनुभएका ओएनएफका महासचिव राधाकृष्ण देउजा भन्नुहुन्छ ।

देउजाका अनुसार उहाँलाई धेरैले सम्मान र मायाले ‘खिम दाइ’ भनेर सम्वोधन गर्ने गर्छन । सबै विदेसिने नेपालीहरु जस्तै पारिवारिक सुख र सम्वृद्धिको निम्ति मेहेनत गर्न विदेसिएका खिम भट्टराईले लगन र मेहेनतले आफू र आफ्नो परिवारलाई सुख, सम्वृद्धिको बाटोमा त लगाए नै, संगसंगै उनी अमेरिका आउने थुप्रै नेपालीहरुलाई आफु जस्तै सफलताको बाटो देखाउने पथप्रदर्शक मात्रै हैन, अप्ठेरो अवस्था र विरानो ठाउँमा पुग्दा पाइने अभिभावक पनि बन्दै आए । अमेरिकाको न्युयोर्क बस्ने सबैको प्यारो खिम दाइलाई कसैलाइ गार्हो सार्हो पर्दा सहयोगी हातको रुपमा धेरैले सम्झन्छन । हँसिलो अनुहार र फुर्तिलो शरीर भएका खिम दाइ सहयोगको निम्ति आफुलाइ सम्झनेको गर्जो टार्न तुरुन्त सक्रिय पनि भैहाल्ने गर्छन । ती सबैका प्यारा र आदरणीय खिम भट्टराई समाजसेवाको आफ्नो रफ्तार बढाउन एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उमेदवार बनेका छन । निर्वाचनको दौरान देखिने अनेकन छिनाझम्टी अमेरिकाको एनआरएनमा पनि देखिएकै छ । तर यस्तो भैरहँदा पनि खिम भट्टराईको सन्दर्भमा भने सवैको साथ, समर्थन रहनेनै देखिएको छ ।

देउजा मात्रै होइन, अमेरिकामा रहेका धेरै नेपालीले भट्टराई कामबाटै स्थापित भएको र एनआरएनमा जित्नैपर्ने उम्मेदवारका रुपमा लिने गर्छन ।