Untitled Document

ब्यस्त एनआरएन अध्यक्ष भवन भट्ट : जापान, अमेरिका, चीन, क्यानडा हुँदै अष्टेलियाको कार्यक्रममा सहभागि

किरण बुढाथोकी/काठमाडौं

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट पछिल्लो साता निकै ब्यस्त रहनुभयो । एनआरएनका विविध कार्यक्रममा सहभागिता जनाउनेखि लिएर एनआरएनको गतिविधीमा निकै ब्यस्त हुनुभएको हो ।

पछिल्लो सातामै उहाँले झन्डै दर्जन मुलुकका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आफनो ब्यस्तता कायम राखीराख्नु भएको छ । अध्यक्ष भट्ट अहिले अष्टेलियामा हुनुहुन्छ । अस्ट्रेलियाको मेलबर्नमा नेपाल अस्ट्रेलिया विजनेस फोरम २०१८ को कार्यक्रममा सहभागि हुन पुग्नुभएको हो ।

अध्यक्ष भट्टले त्यहाँ रहँदा एनआरएन संरक्षक शेष घले, भट्टसँगै अध्यक्षको प्रत्यासी रहनुभएको जमुना गुरुङलगायतसँग भेटघाट गरिरहनुभएको छ ।

जुन १५ मा जापानबाट अमेरिका प्रस्तान गर्नुभएको अध्यक्ष भट्ट नियमित रुपमा विभिन्न देशमा भएका एनआरएनका कार्यक्रममा सहभागिता जनाउँदै आफनो ब्यस्तता जारी नै राख्नुभएको हो ।

उहाँले जुन १६ र १७ मा अमेरिकाको  विज्ञ सम्मेलनमा सहभागि जनाउनुभयो । विज्ञ सम्मेलनमा सहभागिता जनाए लगत्तै स्वेदश फिर्ता हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमण टोलीमा समावेश हुनुभयो ।

चीन भ्रमण सकाएर अध्यक्ष भट्ट रोटरी क्लब इन्टरनेसनल अधिवशनको लागि क्यान्डाको टोरोन्टो पुग्नुभयो । सोही अवसरमा एनआएएन क्यानाडाले आयोजना गरेको एक अन्तक्रिर्या कार्यक्रममा समेत सहभागिता जनाउनुभयो । अध्यक्ष स्रोतका अनुसार भट्टको कार्यक्रम सेड्युलमै ब्यस्त हुनुहुन्छ ।

July 1, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *