Untitled Document

मलेसियामा छायांकन गरिएको “यस्तो एउटा संसार” सार्वजनिक (भिडियो सहित )

क्वालालम्पुर /मलेसिया 

नवमोडल हिरोजन तुम्बाहाम्फे र मोडेल कल्पना गुरुङद्वारा अभिनित यस्तो एउटा संसार गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। मलेसियामा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रा.लि.ले सार्वजनीक गरिएको हो ।

मञ्जरी थिएटर ग्रुप मलेसियाको प्रस्तुति रहेको यस म्युजिक भिडियोलाई अमिर माबोले निर्देशन गरेका हुन भने,छायांकन फुर्वा दोर्जे मोक्तानले र सम्पादन राजेन्द्र खड्काले गरेका हुन। भिडियोको पोस्ट प्रोडक्सनको काम भने अर्सु फिल्म्सले गरेको हो।

गंगा राज राईको संगीत रहेको उक्त भिडियोको गित जानू कामबाङ लिम्बूले लेखिकी हुन भने संगित संयोजन उदय राज पौडेलको गरेका हुन। रोमान्टिक भर्सनमा तयार भएको सो गीतमा सुनिता थेगिम र गंगा राज राईको सुमधुर स्वरले सजिएको छ । गित भित्र उत्कृष्ट शब्द,अब्बल संगित र दमदार अभिनयले दर्शक श्रोताहरुको मन जित्नेछ भन्नेमा भिडियो निर्माण युनिट आशावादी रहेकोे छ।

July 5, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *