जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:३८

फ्लुका कारण अष्ट्रेलियामा ४२ को मृत्यु


अष्ट्रेलिया, जेठ १

अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु भएको छ । फ्लुका कारण यसवर्ष हालसम्म अष्ट्रेलियामा मृत्यु भएकाहरुमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् ।

हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्युन्सल्याण्डमा २५ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको हो ।

६ वटा राज्य र दुई टेरिटोरी रहेको अष्ट्रेलियाको अन्य राज्य तथा टेरिटोरीको तथ्यांक सार्वजनिक नभइसकेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान छ । दक्षिण अष्ट्रेलियामा मात्र यसबाट मृत्यु हुनेहरुमा १३ तथा वृद्धवृद्धा रहेको समाचार माध्यमहरुले जनाएका छन् । एजेन्सी