जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:५८

‘अन्तराष्ट्रिय ब्राण्डहरूस‌ंग सहकार्यको लागि फ्रेन्चाइस इन्भेष्मेन्ट एक्पो एण्ड कनकेभ’


काठमाण्डौं, जेठ १

नेपाल उद्योग वाणिज्य महासंघद्वारा भारतीय राजदूतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा आजबाट काठमाडौमा नेपाल–इन्डियन फ्रेन्चाइस इन्भेष्मेन्ट एक्पो एण्ड कनकेभ हुँदै छ । नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको हो ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिहरूलाई सहभागी हुन समेत आकर्षित गर्नेछ भने व्यवसायिक संजाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ । एक्सपोमा बिभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहने छन् ।

कार्यक्रमको पहिलो दिन आज विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहत छलफल हुँदै छ । सम्मेलनको सम्माननीय प्रधानमन्त्रीज्यूबाट जेठ २ गते, एक विशेष समारोहका बीच काठमाडौंको होटल याक एण्ड यतिमा समुद्घाटन हुने कार्यक्रम छ ।
सम्मेलनमा मुख्यतः अन्तराष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुने छन् । एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रा.लि. शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहने छ । त्यसैगरी भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहने छन् । कार्यक्रममा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिनेछन् ।

महासंघका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरहरूमा लगानी गर्न रूची भएका अन्तराष्ट्रिय ब्राण्डहरूस“ग सहकार्यको अवसर खोजीरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गरेको बताउनु भयो । उहा“ले नेपालमा रहेका व्यवसायीहरूलाई अन्तराष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघको सदैव सहयोग रहने समेत उल्लेख गर्नु भयो ।

कार्यक्रमा भारतीय राजदुतावासका कमर्स सेक्रेटरी कपिलध्वज प्रताप सिंहले नेपालको आर्थिक व्यवसायिक विकासको अभियानमा सहयोग पु¥याउने प्रयास स्वरुप भारतीय राजदूतावास, फ्रेन्चाइज इण्डिया र महासंघको पहलमा यो कार्यक्रम आयोजना हुन लागेको स्पष्ट पार्नुभयो । उहा“ले विश्वकै सर्वोत्कृष्ट ब्रान्डको प्रयोग गर्ने अत्यधिक इच्छा नेपाली ग्राहकहरूमा रहेको र नेपालको अर्थव्यवस्था समेत बढ्दै गएकाले नेपालमा रहेका व्यवसायहरूले यहा“को मार्केटमा यस्तै ब्रान्डहरू उपलब्ध गराउन आवश्यक रहेको बताउनु भयो ।