जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १२:०५

भियतनाम-कम्बोडियामा नेपाली शान, क्यावात ! प्रधानमन्त्री ओली


भक्त गुरुङ

हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको यही ९–१३ मेमा भईरहेको भियतनामको भ्रमण कति ऐतिहासिक रह्यो हेर्नुस त ! नेपालको केही पक्षबाट कम्युनिष्ट प्रधानमन्त्रीले कम्युनिष्ट देशको भ्रमण गरेर अधिनायकवाद आयात गर्न हिंडेको ? जस्ता गैरजिम्मेवार टिप्पणीहरु गरेको देखेर निकै चाखका साथ नियालीरहेको थिएँ । म हिजो एमालेको विदेश विभागमा छँदा भियतनामका कम्युनिष्ट नेताहरुको ओजस्वी र आत्मविश्वासी स्वभाव देखेको थिएँ र लाग्थ्यो वाह ! राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र न्यायपूर्ण आन्दोलनको प्रेरणाका स्रोत ‘कमरेड हो ची मिन्ह’ को देशका मानिसहरु ।

आज नेपालको एक कम्युनिष्ट प्रधानमन्त्रीले स्वतन्त्रता, स्वाधिनता र न्यायप्रेमी नेपालीहरुको तर्फबाट तिनै गौरवशाली नेता ‘हो चि मिन्ह’को समाधीमा श्रद्धा र सम्मानका लालपुष्प गुच्छाहरु चढाउनु भएको छ । सदियौंदेखिको अविकास र गरीबिको चपेटामा पिल्सिएका हामी नेपालीको एउटै राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाल’ लाई आज भियतनामी जनता र सरकारको तर्फबाट हार्दिक ऐक्यवद्धता प्राप्त भएको छ । दुबै देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच निकै दुरगामी महत्वका सहमतिहरु भएका छन् ।

दुई देशबीच अन्तराष्ट्रिय व्यापार, पर्यटन र नागरिक नागरिकबीचको सम्बन्धलाई अभिवृद्धि गर्दै सन् २०२० लाई नेपाल–भियतनाम दौत्यसम्बन्धको ४५ औं वर्षगाँठ भव्यरुपमा मनाउने, दुवै देशका पार्टी, सरकार, विधायिकी संस्था, स्थानीय तह र नागरिकहरुबीच पारस्परिक भ्रमणहरुको आदानप्रदान गर्ने, आपसी परामर्शको लागि विदेश मन्त्रालयस्तरमा स्थायी संयन्त्र निर्माण गर्ने, भियतनामले नेपाली कुटनीतिक र सरकारी राहदानीवाहकलाई निशुल्क भिसा दिने, व्यापार, लगानी र दुईपक्षीय सम्बन्धको प्रवद्र्धन र साझेदारिताको अभिवृद्धि गर्ने जस्ता सहमतिहरु भएका छन । यसैगरी दुवै देशको व्यापार संघहरुबीच आर्थिक र व्यापारिक साझेदारी बढाउन एउटा स्थायी संयन्त्र निर्माण गर्दै विद्युतीय सामग्री, कफी, चिया, सी फुड्, कपडा, छाला जुत्ता, जलविद्युत, नविकरणीय उर्जा, आधुनिक कृषि, र पर्यटनको क्षेत्रमा बजारको बिस्तार गर्नेस दुवै देशको कृषि उत्पादनको बजार अनुमतिको लागि अध्ययन गर्दै कृषिको आधुनीकिकरण गरी बैज्ञानिक कृषि प्रणालीको लागि आपसी सुचना, प्रबिधि र सहयोगको आदानप्रदान गर्ने जस्ता सहमतिहरु पनि यस भ्रमणको दौरानमा भएका छन ।

यस अतिरिक्त भियतनामले नेपाली कृषि उत्पादनहरु खरीद गर्ने र नेपालको उत्पादनशील क्षेत्रमा भियतनामी उद्यम र लगानी अभिवृद्धि गर्नेस अपराधको रोकथाम र नियन्त्रणको लागि नेपाली गृह मन्त्रालय र भियतनामी सार्वजनिक सुरक्षा मन्त्रालयबीच साझेदारी गर्नेस नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन २०१९ मा होचिमिन्ह सिटिमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने र भियतनामी बौद्धमार्गी पर्यटकहरुलाई नेपाल पठाउने, आपसी व्यापार, लगानी र पर्यटन बढाउन हवाई मार्ग सञ्चालन गर्न तुरुन्त काम थाल्ने, नेपाल–भियतनाम अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउनेस भियतनाम–नेपाल मैत्री संघ हनोईमा स्थापना गर्नेस दुई देशबीच बिज्ञान, प्रविधी, सुचना, संचार, आपुर्ती र प्राकृतिक प्रकोपको क्षेत्रमा मिलेर काम गर्नेस अन्तराष्ट्रिय चासोका क्षेत्रहरुमा दुबै देशबीच आपसमा मिलेर काम गर्ने जस्ता सहमतिहरु भएका छन । नेपाल र चीनबीच भर्खरै सम्पन्न व्यापार तथा पारवाहन सन्धिको पृष्ठभुमिमा सम्मुनत नेपाल बनाउनेमा यी सहमतिहरु कोशे ढुंगा बन्न सफल होस ।

अन्तराष्ट्रिय जगतमा जगतमा नेपालको इज्जत, प्रतिष्ठा, मान–सम्मान र मैत्रीपूर्ण भाइचारा सम्बन्धलाई अभिवृद्धि गर्ने अभियानको क्रममा प्रधानमन्त्री ओली भियतनामपछि क्याम्बोडिया भ्रमण पनि निकै भव्य र लोभलाग्दो देखियो । बेलायती लेबोर पार्टीका नेता जेरेमी कोरबिनले ‘क्रोनी क्यापिटलिजम’ ले सृजना गरेको समकालीन अस्तव्यस्त विश्व व्यवस्थाको उत्तम बिकल्प पनि छ भनेर, अनादर वल्ड इज पोसिवल’ भनिरहन्छन । पश्चिमेली मुलुकमा बसेर एशियाली मुलुकहरुको यो भव्य प्रगती हेर्दा कोरबिन सहि बोलिरहेका छन भन्ने लाग्यो । हिजो जननेता मदन भण्डारी भन्नुहुन्थ्यो ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ हात्ती लस्कदै गर्छ ।’ क्याबात प्रधानमन्त्रीज्यू !