जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १२:१०

सुनचाँदीको घट्यो भाउ, कतिले हुँदैछ कारोबार ?


काठमाडौं, जेठ १

आज छापावाल सुनको भाउमा गिरावट आएको छ । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।