Untitled Document

रामेछापकी क्यान्सरपीडित सुन्तली मगर बचाउन परिवारले गर्यो सहयोगको अपिल : गाउँकै युवाले उपलब्ध गराए सुरुवाती आर्थिक सहयोग

काठमाडौं, असार २५

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ की पाठेघर मुखको क्यान्सरबाट पीडित सुन्तली मगरलाई युवाहरूले सहयोग गरेका छन् । लिखु तामाकोसी गाउँपालिकाकै युवाहरूले आइतबार अस्पतालमा गएर मगरलाई २१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

मगर परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताउँदै रकम हस्तान्तरणकै क्रममा संस्थाका अध्यक्ष नेत्रनारायण श्रेष्ठलगायत सम्पूर्णले उनको जीवनरक्षाको लागि सहयोगको अपिल गरेका छन् । युवाहरूले सञ्चालनमा ल्याएको ‘हामी र हाम्रो बचत कोष’ नामक संस्थाको तर्फबाट उक्त रकम प्रदान गरेका हुन् ।

संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष क्रमशः नेत्रनारायण श्रेष्ठ, आशिष श्रेष्ठ, ओमनारायण श्रेष्ठलगायत संस्थाका सदस्यहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष ओमनारायणले जानकारी दिए ।

नेसनल क्यान्सर अस्पताल ललितपुरमा उपचार गराइरहेकी मगर विगत डेढ महिनादेखि उपचारत छिन् ।

July 9, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *