Untitled Document

देशविकास गर्छु भन्नु हावादारी कुरा हो भने सही र ठोस कुरा के हो त ?

 केपी शर्मा ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

पार्टी एकताको घोषणा लगत्तै मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी बर्चस्व कायम भएको छ । स्थिर सरकार सञ्चालनको नयाँ अध्याय थालनी भएको छ । र, मुलुकले समृद्धिको नयाँ फड्को मार्न आधार बनेको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट धारणा छ– ‘हामी फुट्न मात्रै होइन, जुट्न जानेका छौं भन्ने व्यवहारतः देखाएका छौं ।’ २००८ सालमा तेह्रथुममा जन्मिनुभएका अध्यक्ष ओलीले २०२८ सालको झापा विद्रोहको समेत नेतृत्व गरेर १४ वर्ष जेलमा अमानुषिक यातना र कहर खेप्नुभएको विदितै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जेठ ११ गते अपरान्ह ११:३० देखि १:०० बजेसम्म हामीले मूलतः पार्टी एकता, एकीकृत पार्टीको सुसञ्चालन र सरकारको प्रभावकारितामा केन्द्रित भएर विस्तृत कुराकानी गर्यौं । प्रस्तुत छ- नवयुगका लागि प्रधान सम्पादक योगेश भट्टराई, सम्पादक सूर्य थापा र कार्यकारी सम्पादक विष्णु रिजालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग लिनुभएको अन्तर्वार्ताको सम्पादिक अंश :सम्पादक)

० पछिल्लोपटक नेकपा (एमाले) को मुखपत्रका रूपमा ‘नवयुग’ प्रकाशन भएको २८ वर्ष पुगेका छ । यसबीचमा यसले प्रचारकको काम मात्र नभएर सङ्गठकको काम पनि गरेको छ । अब पार्टी एकतापछि यस रूपमा ‘नवयुग’ अन्तिम अङ्कका रूपमा प्रकाशन हुँदैछ । पार्टी एकताको ऐतिहासिक काम अध्यक्ष कमरेडको नेतृत्वमा सम्पन्न भएकोमा ‘नवयुग’ हार्दिक बधाई दिन चाहन्छ । यसबीचमा थुप्रै सन्दर्भहरू थिए- लेनिन जयन्ती, पार्टी स्थापना दिवस, माक्र्स जयन्ती आदि । ती विभिन्न सन्दर्भमा पार्टी एकता हुन्छ भन्ने बाहिर आँकलन गरिदै थियो । तर, जेठ ३ गते मदन–आश्रित स्मृति दिवसका अवसरमा एकता भएको छ । एकताका लागि यो दिनलाई नै रोज्नुको कारण र सन्देश के हो ?

नवयुग टिमलाई धन्यवाद । तपाईंले ‘नवयुग’ प्रकाशन, यसको इतिहास र योगदानबारे चर्चा गर्नुभयो । म यस योगदानको प्रशंसा गर्न चाहन्छु । यात्रामा कहिलेकहिले ठेस पनि लाग्छ । कहिले सानातिना कमीकमजोरी पनि हुन सक्छन् । तर मुख्य कुरा, ‘नवयुग’ले नेपाली समाजमा अग्रगामी, वैज्ञानिक, सामाजिक न्याय र समताको जागरण ल्याउन ठूलो र असाधारण योगदन गरेको छ । जनतालाई सङ्गठित गर्नेदेखि आन्दोलनलाई सङ्गठित गर्ने, जगाउने,त्यसको पक्षपोषण गर्ने र परिवर्तन र रूपान्तरणका कामहरूमा पनि ठूलो योगदान गरेको छ । म यस सन्दर्भमा प्रशंसा गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । ‘नवयुग’ले आगामी दिनमा अब एकीकृत नेपाल कम्युनिस्ट पार्टीका आदर्श, सिद्धान्त र विचारहरूलाई माथि उठाउने, सङ्कीर्णताहरूबाट मुक्त व्यापकता र सफलताको बाटो अ“गाल्नेछ, अझ ठूलाठूला योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

पार्टी एकीकरण भएकोमा तपाईंले खुसी व्यक्त गर्नुभएको छ । मेरो तर्फबाट पनि अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु । किनभने, हामीले एउटा ऐतिहासिक महत्वको युगान्तकारी काम गरेका छौं । कम्युनिस्टहरू फुट्न जान्दछन्, जुट्न जान्दैनन् भन्नेहरूलाई हामीले फुट्न होइन, जुट्न जान्दछौं भन्ने देखाएका छौं । आज देशलाई अगाडि बढाउने अभिभारा जनताले विश्वास गरेर हामीलाई सुम्पेका छन् । त्यसलाई हामीले शालीनताका साथ लिएका छौं र त्यही गम्भीरताका साथ तलमाथि पर्न नदिईकन सफल पार्नका निम्ति नै पार्टी एकीकरण गरेका छौं ।

एकताका लागि अर्को कुनै दिन किन परेन अर्थात् माक्र्स जयन्ती, लेनिन जयन्ती वा पार्टी स्थापनाको दिन किन परेनभन्नेजस्ता कुराहरूको कुनै अर्थ छैन । पार्टी स्थापना दिवस आफै“मा महान् हो भने पार्टी एकता दिवस पनि आफै“मा महान् हो । त्यसलाई हामीले मदन–आश्रित स्मृति दिवसमा पारेका छौं । त्यो प्रेरणादायी र सङ्कल्पको दिन हो । मदन भण्डारी, जसका विचारले आज दुनिया“मा नै नेपाल कम्युनिस्ट पार्टीले अनौठो उचाइ र सफलता प्राप्त गरेको छ, उहाँको स्मृति दिवसका सन्दर्भमा पार्टी एकता हुनु दिनका हिसाबले पनि अझ बढी सान्दर्भिक कुरा हो ।

हामी सबैलाई थाहा छ, आज यो क्रान्तिका माध्यमबाट सत्ता कब्जा गरेर कम्युनिस्ट पार्टीहरू सत्तामा छन् या त कम्युनिस्ट पार्टीहरूको हालत नाजुक छ । तर, हामी क्रान्तिको बाटो होइन, बेग्लै बाटो अर्थात् जनताको अभिमतबाट प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीबाट, आफूले होइन, अरूले आयोजना गरेको निर्वाचनमा भाग लिएर, सरकारमा बसेर होइन, प्रतिपक्षमा बसेर, प्रतिकूल अवस्थामा चुनावको सामना गरेर सत्तामा आएका छौं । हामीले लक्षण देखायौं, मिलेर साझा चुनावी घोषणापत्र र साझा प्रतिबद्धतासहित जान सक्छौ“ । त्यसरी गयौं र त्यसै चुनावी तालमेलले बहुमत ल्यायो । ती प्रतिबद्धता पूरा गर्न हामीले एकता गर्यौं ।

तर, हाम्रो एकता, बहुमत, अभिभारा र आजको आन्दोलनको अर्थ यतिमा मात्रै सीमित छैन । शान्तिपूर्ण प्रतिस्पर्धाको कार्यदिशाबाट बहुमत प्राप्त गरेपछि सरकार चलाउने, कमजोर र पछाडि परेको अवस्थाबाट देशलाई सबल बनाउने अभिभारा हाम्रो का“धमा छ । यो एउटा नयाँ दृष्टान्त हो । मुलुकमा चुनावका माध्यमबाट बहुमतका साथ कम्युनिस्ट पार्टी सरकारमा छ । स्थापित कम्युनिस्ट सत्ताअन्तर्गतको चुनाव होइन, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीअन्तर्गतको प्रतिस्पर्धाबाट हामीले सफलता पाएका छौं । अहिलेको समयमा जनयुद्ध, हिंसा, क्रान्ति वा विद्रोहको बाटोबाट कुनै पनि कम्युनिस्ट पार्टी सरकारमा पुगेका छैनन्, सत्ता कब्जा गर्न सकेका छैनन् । त्यो बाटो अनुपयुक्त भनेर सावित र स्थापित भइसक्यो ।

आज कुन बाटो सही हो भनेर हामीले व्यवहारबाट प्रमाणित गरेका छौं । यहाँ तर्कको कुरा होइन, अब तर्कबाट पुष्टि गरिरहनुपर्ने कुरा रहेन । व्यवहारबाट यो बाटो सही छ । यसबाट कम्युनिस्टहरू अर्थात् जनताका वास्तविक प्रतिनिधिहरू सरकारमा पुग्न सक्छन् र जनताका आकाङ्क्षा पूरा गर्ने नीति तथा कार्यक्रम लिएर तिनको काम प्रभावकारी ढङ्गले गर्न सक्छन् भन्ने व्यवहारबाट देखिएको छ । यसर्थ, यो खुसीको मात्र कुरा होइन, यसले गम्भीर जिम्मेवारीबोधका साथै असाधारण चुनौती, सम्भावना र खतराका पक्षहरूलाई पनि देखाएको छ । तर, ती सबै कुराको हामी सामना गर्छौ । हामी प्रतिकूलताको सामना गर्दै यहाँसम्म आएका छौं । अहिले त अनुकूलताको स्थितिमा छौं ।

० पाँचौं महाधिवेशनको स्मरण गर्दा त्यसबेला पनि कार्यक्रमको नाम बहुदलीय जनवाद मात्र राख्ने कि जनताको जनवाद राख्ने भनेर अलिकति बहस भएको थियो । पछि मदन भण्डारीले जनताको बहुदलीय जनवाद उपयुक्त हुन्छ भन्नुभयो । आज जनताको जनवाद भनेर दुईपार्टीबीच एकता गरिरह“दा जनताको जनवाद र जनताको बहुदलीय जनवादका बीचको सम्बन्धलाई कसरी प्रस्ट पार्नुहुन्छ ?

– एकता वा एकीकरण भइरहेका बेला कहिलेकहिले बलिया सङ्कीर्णताहरू हावी हुन्छन् । सबैलाई थाहा छ, सबैले देखेका छन्, तर पनि एउटाले जितेजस्तो र आफूले हारेजस्तो महसुस हुने खालका सोचहरू पनि देखा पर्न सक्छन् । तर, विवाद हुनुनपर्ने के हो– जनताको बहुदलीय जनवादको सोच अपरिहार्य विचार, अपरिहार्य राजनीतिक व्यवहार र अपरिहार्य राजनीतिक बाटो बनेको छ । त्यसमा कुनै विवाद हुनुपर्ने नै होइन । त्यो उपलब्धि र सफलताहरूले नै पुष्टि गरेको छ । तर, यस्ता कुराहरूलाई कहिलेकहिले छलफलमा जान दिनुपर्ने हुन्छ । समय लिएर पाक्न दिनुपर्ने हुन्छ । किनभने, असहमत पनि सहमत भएर जाने स्थिति बनाउनुपर्छ । त्यसबेला पनि हामीभित्र कतिपय सहमत-असहमत पक्षहरू थिए ।

तर, पछि ती असहमत पक्ष पनि बिस्तारै सहमत पक्षमा परिणत हुँदै आए । यसो भन्दा अप्ठ्यारो के मान्नुपर्दैन वा हुँदैन भने हामी असहमत थियौं, बेग्लाबेग्लै विचार, बेग्लाबेग्लै दृष्टिकोण, नीति, धार थिए र अलगअलग पार्टी थिए । त्यसलाई शतप्रतिशत मिलाइसकेर एक ठाउँमा ल्याउने कि उद्देश्य, लक्ष्य, बाटो, कार्यदिशा र नीतिहरू मूलतः मिलेपछि एक ठाउ“मा आउने र अरू कुराहरू मिलाउँदै जाने ? यसभन्दा अरू कतिपय पक्ष मिलाउदै जानुपर्छ ।

हामीले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त भनेका छौं, जनताको जनवादलाई आफ्नो कार्यक्रम र आजको विचारकारूपमा अगाडि बढाउने प्रतिबद्धता गरेका छौं । यसभित्र समाजवादउन्मुख भनेर राखेका छौं । त्यो भनिरहनुपर्ने कुरा होइन, कार्यक्रमको नाम समाजवादउन्मुख हुँदैन, जनताको जनवाद नै हो । तर, त्यसको प्रवृत्ति कस्तो छ भन्दा समाजवाद उन्मुख छ । आजसम्म हामीले वा हिजो मदन भण्डारीले बहुदलीय जनवाद भनिरहदा जनवाद भन्नेबित्तिकै स्वाभाविकरूपमा हामीले बुझ्दा बुर्जुवा, पुजीपति वा पु“जीवादीहरूको जनवाद बुझ्दैनौ“, जनताको भन्ने नै बुझ्छौ“ । यसो भएपछि जनताको भनिरहनुपर्दैन ।

हामीमाथि एकदलीय र एकाधिकारवादी भन्ने जुन आरोप छ, त्यो सत्य थिएन, त्यसलाई पराजित गर्न बहुदलीय जनवाद अर्थात् जनताको बहुदलीय व्यवस्थाभन्दा पुग्छ भन्ने राय थियो । त्यतिबेला बहुदलीय भन्नु आवश्यक थियो । बहुदलीय हुनुहुँदैन भन्ने कसैको कुरा थिएन । तर, मैले नै त्यसबेला भनेको थिए“, बहुदलीय मात्र भन्दा त्यसको वर्ग चरित्र के हो, सार के हो भन्ने प्रश्न उठ्न सक्छ । बहुदलीयता त पु“जीवादीहरूले पनि अपनाएका हुन्छन् । त्यसलाई उनीहरूले ‘मल्टीपार्टी डेमोक्रेसी’भनेर सजिलै आफ्नै रूपमा व्याख्या गर्ने कुरा हुन्छ । तर,‘पिपुल्स मल्टीपार्टी डेमोक्रेसी’ भनेपछि त्यसमा वर्गीय चरित्रलगायतका कुरा आउछन् ।

अर्को कुरा जनवादका यति धेरै अपभ्रंश व्याख्याहरू भए, यति धेरै शाखा–उपशाखा भए, जसले गर्दा जनताको भनेर त्यसको सारतत्व प्रतिबिम्बित गर्न जरुरी ठान्यौ“ । मैले नै त्यसको ‘क्याम्पियन’गरेको थिए“ । पछि त्यो कुरा सबैलाई मान्य भएको थियो । हामीले जनताको जनवाद अपनाउने हो । त्यसको स्वरूप, राजनीतिक प्रणाली र अभ्यासको पक्ष प्रतिस्पर्धात्मक हुन्छ, बहुदलीय हुन्छ । त्यसकारण, यो नयाँ र ठूलो कुरा होइन । अहिले जनताको जनवादभन्दा पर्याप्त नभएको छैन । तर, यसलाई हामीले छलफलमा राखेका छौं । महाधिवेशनले जनताको बहुदलीय जनवाद पनि भन्न सक्छ । अहिले छलफल खुलै छ, कसैले माओवाद भन्नुपर्छ पनि भन्न सक्छन्, कसैले एक्काइसौ“ शताब्दीमा जनवाद पनि भन्न सक्छन् । यो छलफलको विषय हो । जब हामी छलफल खुला गर्छौं, त्यसबेला छलफलमा भाग लिने कुरा छ“दैछ । अहिलेलाई जनताको जनवाद भन्ने कार्यक्रम राख्दा अपर्याप्त हुँदैन भनेर हामीले निर्णय गरेका हौं ।

० दुवै पार्टीलाई एकताका लागि जेठ ३ को दिन स्वीकार्य भयो । तत्कालीन नेकपा (एमाले)ले नेपालका सन्दर्भमा माक्र्सवादको नेपाली संस्करण भनेर मार्गदर्शक सिद्धान्त मानेको जबजचाहि“ स्वीकार्य भएन । मूर्तरूपमा एउटा प्रयोग र विकासका रूपमा अगाडि बढेको कार्यक्रमबाट मार्गदर्शक सिद्धान्तको उचाइप्राप्त गरेकोजबजचाहि“ स्थगन भयो । जनताको जनवादको दस्तावेजचाहि“ के हो भन्ने दुई पार्टीका बीचमा मूर्तरूपमा त आएन नि ?

– किन त्यस्तो भयो भनेर मैले अघिल्लै प्रश्नमा व्याख्या गरे“ । तर, जनताको बहुदलीय जनवाद अस्वीकार गरिएको छैन । जनताको बहुदलीय जनवादको नाम सोझै भन्न कतिपय साथीहरूलाई असजिलो लाग्छ । अथवा, अरू कसैको भनाइ मानेजस्तो पो भयो कि भन्ने प¥यो होला, जसले गर्दा कुरा त ठीकै हो, तैपनि यही नाम जस्ताको तस्तै नराखौ“ भनेर सारतŒवमा फरक नपर्ने गरी जनताको बहुदलीय जनवादलाई स्विकारिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवादलाई अस्वीकार गरेर अर्को बाटो त भीरबाट हाम फाल्न गए मात्रै हो † अर्को कुनै बाटो नै छैन । अहिले हामी हि“डिरहेको जनताको बहुदलीय जनवाद नै हो । आजको समयका लागि यो व्याख्या अरू कसैले गरेको छ र ? सरकारमा पुगेपछि होइन, दुनिया“मा कुनै पनि कम्युनिस्ट पार्टीले यसरी चुनावबाट जितेर सरकार बनाएको दृष्टान्त नभएको बेला यो अगाडि सारिएको हो । यसले आफू सही र सिद्धान्तअनुकूल रहेको व्यवहारतः पुष्टि गरेको छ ।

हिजो हामीले जबजलाई मार्गदर्शक सिद्धान्त नै भनेर राख्नुपथ्र्यो कि पर्दैनथ्यो ? त्यो आफ्नो ठाउ“मा छ । जबजले हाम्रा कामहरू, सङ्घर्ष र आजका आवश्यकताहरूलाई मार्गदर्शन गर्छ भन्नु एउटा कुरा हुन्छ । तर, मार्गदर्शक सिद्धान्त भनेर माक्र्सवाद–लेनिनवादको हाराहारीमा राख्नु आवश्यक थियो कि थिएन ?अहिले बहस सायद आवश्यक पनि छैन । माक्र्सवाद–लेनिनवाद नै मार्गदर्शक सिद्धान्त हो । हाम्रा कामहरूलाई बाटो देखाउने एउटा सिद्धान्तकै रूपमा विकास भएको छ, जनताको बहुदलीय जनवाद, जसलाई हामीले जस्ताको तस्तै भन्दा केही असजिलो हुने भएपछि एकताको बृहत्तर मूल्यलाई हेरेर त्यही कुरा अलिकति भिन्न भाषामा भनेका हौ“, जनताको जनवादका रूपमा । त्यसकारण, यसले सारतत्वमा केही फरक पार्दैन ।

० एकतापछि बृहत् पार्टी बनेको छ । विगतमा हामीले गर्न नसकेका केचाहि“ कामहरू अब गर्छौं ?

विगतमा हामीले धेरै काम गर्न पाएकै थिएनौ“ । हामीले स्थिरता र स्थायित्व दिन सकेका थिएनौ“, अब दिन सक्छौ“ । कम्युनिस्ट पार्टीको एकल बहुमतको सरकार हुन सकेको थिएन । त्यो यसपटक भएको छ । विगतमा हामीले गर्न नसकेको भन्दा पनि गर्न पाएकै थिएनौ“ । २०५१ सालमा हामीसँग बहुमत थिएन, विपक्षमा बहुमत थियो । त्यस्तो बेला पनि केही काम गर्यौं, जसबाट हामीले काम गर्न सक्ने रहेछौं भन्ने प्रमाणित भयो । आर्थिक उन्नति, शान्ति सुव्यवस्था, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सक्छौ“ भनेर हामीले देखायौं । त्यसबाट जनतामा आशावादिता जगाउनेर राष्ट्रको आत्मविश्वास उठाउने कुराका झलकहरू देखिए । त्यत्तिमै प्रतिक्रियावादी शक्तिहरू आत्तिए र उचित÷अनुचित, गर्न हुने÷नहुने सबै हतकण्डा प्रयोग गरेर हामीलाई सरकारबाट हटाए । त्यसभन्दा पछि हामीले बहुमतको सरकार अर्थात् काम गर्न सक्ने परिस्थितिको सरकार बनाउन पाएनौ ।

कहिलेकहिले सरकारको नेतृत्व गर्ने मौका पायौं, तर असहज अवस्थामा, बहुमत नभएको बेलामा † पार्टीको सरकार थिएन, पार्टीले नेतृत्व मात्र गरेको थियो । अर्को रिसाउनेबित्तिकै ‘ढालिदिऊ ?’ भनिहाल्थ्यो । अब स्थिरता आएको छ । काम गर्न हामीलाई समय छ । पछौटेपन, गरिबी र बेरोजगारी हटाउन सकिएन । हामीसँग भएका प्राकृतिक स्रोतहरूको समुचित प्रयोग हुन सकेन । जनशक्तिलाई हामीले दक्ष, योग्य र सक्षम बनाउन सकेनौै । यसले गर्दा विकास अगाडि बढ्न सकेन, समृद्धि हासिल हुन सकेन । शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण क्षेत्रमा हामी पछाडि पर्यौं । अब एकतापछि यस अवस्थालाई चिरेर हामी अगाडि बढ्न सक्छौ ।

अब सरकार कसैले ढालिदिन्छ कि भन्ने खतरा छैन । यसकारण, हामीले भन्दै आएका थियौं, विकासका लागि स्थायित्व आवश्यक छ । र, एकतापछि त्यो प्राप्त भएको छ ।

० स्थायित्वको कुरा निर्वाचनमा पनि निकै धेरै महत्वका साथ मतदाताको बीचमा लैजानुभएको थियो । विगतमा पा“च वर्ष सरकार चलेन भन्ने कुराले जनतालाई निकै अपिल गरेको थियो । यो एकता गरिरह“दा दुई अध्यक्षबीच प्रधानमन्त्रीको कार्यकाल पनि समान अवधिका आधारमा बा“ड्ने भित्री सहमति भएको छ भन्ने चर्चा छ । यो कति सत्य हो ? यदि यो सत्य हो भने पा“च वर्षको स्थिर सरकार दिने सार्वजनिक प्रतिबद्धता र यो सहमतिका बीचमा कति सङ्गति मिल्यो ?

हामीले निर्वाचनका बेला स्थायित्वको महत्व र आवश्यकताबारे बोलेका हौ“ । त्यसका निम्ति जनतासँग अपिल गरेका हौ“ । एउटै पार्टीको बहुमत थिएन । स्थायित्वका निम्ति एउटै पार्टीको बहुमत हुनु जरुरी थियो । हिजो परिवर्तनका क्रममा विभिन्न रूपका आन्दोलनहरू भए, हामीले विभिन्न कार्यदिशाहरू अपनायौं । कतिपय पक्षमा कमी रहे होलान्, कतिपय पक्षमा सकारात्मक कुराहरू रहे होलान् । जेसुकै भएपनि तिनले पुराना मूल्य, मान्यता र सोचहरूलाई अस्वीकार गर्न, तिनलाई पूरै डगमगाउने गरी हल्लाउन, नयाँ अरू पनि मान्यताहरू हुने रहेछन् भन्नेतर्फ मानिसहरूको दिमागलाई खुला गर्न, नयाँ सामाजिक जागरण ल्याउन, सामन्ती राजतन्त्रात्मक प्रणाली अनुपयुक्त छ, लोकतान्त्रिक गणतन्त्र आवश्यक छ र यो नै जनताको व्यवस्था हुन्छ भन्ने कुरा गर्न विभिन्न आन्दोलनले जागरणका मामिलामा वा सङ्गठनका मामिलामा वा प्रतिक्रियावादीहरूको मनोबल कमजोर पारेर जनतालाई अनुकूल परिस्थिति सिर्जना गर्ने कुरामा योगदान गरेका छन् ।

यसभित्र माओवाद भनेर पनि योगदान भयो होला, २१औ“ शताब्दीमा जनवादले पनि योगदान गरेको होला । २१औ“ शताब्दीमा जनवादले माओवादबाट यहाँसम्म आइपुग्न माओवादीलाई एउटा वैचारिक सङ्क्रमणको मार्गप्रशस्त ग¥यो, बाटो दियो । हामी त्यस ठाउ“बाट यहाँसम्म आइपुग्यौ“ । यतिबेला अब एकीकृत पार्टीले अगाडिका चुनौतीहरूलाई निकै गम्भीरताका साथ लिने, सामना गर्ने र सफलताका साथ अगाडि बढ्ने काम गर्छ ।

० हाम्रो प्रश्नको जवाफ आएन । सरकारको नेतृत्वको समान अवधि बाँडफाँट र स्थिरताको सङ्गति… ?

नेकपा भनेको षड्यन्त्रकारी सत्ता होइन । यसले केही पारदर्शी, केही अपारदर्शाी, केही खुला, केही गोप्य, तरेलीतरेलीका, तहतहका र पत्रैपत्रका कामहरू गर्दैन । यसले जे गरेको छ, खुलारूपमै गरेको छ । राजनीतिक प्रतिवेदन छ, खुलै छ । अन्तरिम विधान छ, खुलै छ । हामीले खुला बोलेका छौं, लेखेका छौं । यस्ता अनेक प्रकारका भ्रम फिजाउने कोसिस भएका छन्, त्यसलाई हामीले स्पष्ट गरेका छौं । हामीले देशमा परिवर्तन ल्याउन यी सबै काम गरिराखेका छौं । अहिले जुन नेताहरूबारे चर्चा भइरहेको छ, हामीहरूलाई कुनै जिम्मेवारी पाएनौ“, महत्व पाएनौ“, ओहदा पाएनौ“ भन्ने अब छैन । म पार्टी अध्यक्ष छु, दोस्रोपल्ट प्रधानमन्त्री भएको हु“ । अब पनि मलाई पुगेन, मैले पाइन, मेरै मर्यादा भएन भन्ने कुरा मैले गर्नु वाञ्छनीय हुँदैन ।

त्यसरी अरू साथीहरू, जसका बारेमा चर्चा चलिरहेको छ, अवसर नपाएका, प्रधानमन्त्री नभएका वा पार्टी प्रमुख नभएका साथीहरूको चर्चा चलिरहेको छैन । त्यसकारण, एकदुईपल्ट पार्टी प्रमुख भइसकेका वा प्रधानमन्त्री भइसकेका वा राज्यको कार्यकारी प्रमुखजस्तो पदमा पुगिसकेका र जिम्मेवारी बहन गरिसकेका मान्छेहरूलाई पदकै चिन्ता हुन्छ भन्ने कुरा हाम्रो पार्टीका नेताहरूले सोच्ने कुरा होइन । अरू कसैले सोचेर हल्ला चलाउनु बेग्लै कुरा हो । चुनावपछि तुरुन्तै नेताहरूको व्यवस्थापनको धेरै कुरा चल्यो, हल्ला चल्यो । मैले त्यसबेलै भनेको थिए, जनताको गा“स, बास र कपासको व्यवस्थापन गर्नु छ, अन्याय–अत्याचार र थिचोमिचोको अन्त्य गर्ने व्यवस्थापन गर्नु छ, पूर्वाधार विकासको व्यवस्थापन गर्नु छ, लोकतन्त्र वास्तवमा यस्तो रहेछ भन्ने कुराको उदाहरण प्रस्तुत गर्नुपर्नेछ, कार्यकर्ताको व्यवस्थापन गर्नु छ ।

शरीरमा गोली लागेका, अझैसम्म छर्रा निकाल्न नपाएर तड्पिएका, घाइते, परिवार बर्बाद भएका, अङ्गभङ्ग भएका, हातखुट्टा काटिएका र फोक्सो चिरिएकाहरू छन्, तिनको व्यवस्थापन गर्नुपर्नेछ । त्यसकारण, चिन्ता नेताहरूको व्यवस्थापनको हो भनेर जुन हल्ला चलाइएको छ, त्यो सही होइन । नेताहरूमा व्यवस्थापनको चिन्ता यदि कतै देखा पर्यो भने त्यो दुःखद कुरा हो । जनताको दुःखकष्ट र उनीहरूको आँसु पुछ्ने कुरा नहेरेर मेरो ओठमा मुस्कान कसरी आउछ भन्ने खोजी गर्नु शोभनीय हुँदैन । तसर्थ, यो बनावटी कुरा हो । हामी आवश्यकताअनुसार जतिबेला आन्दोलन जसरी लैजानु छ, पार्टी जसरी लैजानु छ, सरकार जसरी उपयुक्त ढङ्गले सञ्चालन गर्नुछ, त्यसरी सञ्चालन गर्छौं । एकजना मान्छे पदमा बसिरहनुचाहि“ स्थायित्व, व्यक्ति फेरियो भनेचाहि“ अस्थिरता भयो भन्ने कुरा पनि होइन । मुख्य प्रश्न नीति, विधि, तरिका र प्रतिबद्धताको स्थायित्व छ कि छैन भन्ने हो । यदि त्यो छ भने व्यक्ति परिवर्तन हुँदैमा अस्थिरता र अस्थायित्व भयो भन्ने हुँदैन ।

० प्रधानमन्त्रीज्यूले एकताको चर्चा गर्दा ओहदाको चिन्ता नगरौ“ भन्नुभयो । तर, एकताका क्रममा केही असन्तुष्टि पनि देखिन्छन् । हामीले मौका पाएनौ“, हाम्रो मर्यादाक्रम मिलेन, जिम्मेवारी भएन भन्ने खालका असन्तुष्टि पनि त सुनिन्छन् नि ? त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

ती व्यवस्थापन गरिनुपर्ने विषयभन्दा पनि शरम लाग्ने विषय हुन् । साथीहरूले त्यसको बहस कमिटीभित्र गर्नुभए राम्रो हुन्थ्यो । कमिटीभित्र गर्दा छलफल हुनसक्छ । अहिले पनि कमिटीभित्र साथीहरू छलफल गर्नुहुन्छ भने छलफल गर्न सकिन्छ । तर, सधै“ एकै गतिमा बागमती बग्दैन, सधै“ एकै गतिमा हावा चल्दैन, सधै“ एउटै परिस्थिति आन्दोनमा पनि रह“दैन । सधै“ एउटै ओहदा, एउटै पद, एउटै मर्यादा र एउटै काम एकै जनाले गरिरहनुपर्छ भन्ने पनि हुँदैन । यो गतिशील हुन्छ । हामीले विगतमा पनि यस्ता कुराहरू हेरेर आएका छौं । कहिले को पार्टी प्रमुख हुन्छ, फेरि अर्को पार्टी प्रमुख हुन्छ, अर्कोले अर्को ठाउ“ छाडेको हुन्छ । स्थानहरू बदलिन्छन् । यस्तो पनि होइन कि म्युजिकल चेयरजस्तो, कोचाहि“ बस्छ, कोचाहि“ बस्दैन भन्ने टुंगो नहुने † भवितव्यले घण्टी कतिबेला रोकिन्छ र कुर्सीमा बस्ने भन्नेजस्तो होइन । राजनीति त्यस्तो होइन । यो देश अगाडि बढाउने कुरा हो, चलाउने कुरा हो, पार्टी चलाउने कुरा हो ।

वश्यकताअनुसार गर्नुपर्ने कुरा हो, यो भावावेश होइन । यो चित्त बुझ्दा एउटा बोली, चित्त नबुझ्दा अर्को बोली ? त्यस्तो पनि होइन । यो मन परे एउटा विश्लेषण, मन परेन भने अर्को विश्लेषण, त्यस्तो पनि होइन । स्थिर र सही विश्लेषण उपयुक्त ढङ्गले गर्नुपर्छ । र, यो फेरबदल भइरहने कुरा हो ।

० यति ठूलो एकता भयो । दुइटा पार्टी मिलेर ठूलो आकारको भए पनि केन्द्रीय कमिटी सार्वजनिक भयो, अरू जिम्मेवारी बाँडफाँटहरू भए । यो प्रक्रियाका क्रमका केही असन्तुष्टि सम्बोधन गर्न र व्यवस्थापन गर्नुपर्ने खालका छन् कि छैनन् ?

यो ज्यादै सुन्दर र रमाइलो प्रश्न हो । मानिसलाई राम्राराम्रा कुरा सुन्न मन पर्छ । आलोचनाभन्दा प्रशंसा सुन्न मन पर्छ । असफलता भोग्न होइन, सफलता हात पार्न मन पर्छ । अवसर नपाएको भन्दा पाएको राम्रो लाग्छ । तल झर्न मन लाग्दैन, माथि चढ्न मन लाग्छ । सरदर आफ्नो बारेमा अलिकति बढी मूल्याङ्कन गरिएकै हुन्छ । योगदानको कदर हुनैपर्छ, क्षमताको कदर पनि हुनैपर्छ, सक्रियताको कदर पनि हुनैपर्छ । आम निष्ठाको मात्र कुरा होइन, अनवरत निष्ठाको पनि आवश्यकता हुन्छ । तदनुसार संस्थाले व्यवस्थापन गरेको हुन्छ । व्यवस्थापन भनेको मान्छेको टाउकोमा पगरी लगाइदिने कुरा होइन, जिम्मेवारी दिने कुरा हो, संस्थाले जिम्मेवारी बोकाउने कुरा हो । त्यो जिम्मेवारी व्यक्तिले कसरी बोक्छ भन्ने कुरा हो ।

यो के भो र ? भनेर हुँदैन । ढिलो हि“ड्दा व्यक्तिका हकमा कति असर प¥यो ? त्यो बेग्लै होला, तर समयले पर्खंदैन । त्यस ढिलाइले अघि नै भइसक्नुपर्ने काम भएन भने ? आज काट्नुपर्ने धान काट्नुभएन र भोलि असिना प¥यो भने के हुन्छ ? एक दिन त मैले ढिला गरेको थिए“, भोलिपल्ट त म काटिहाल्थे“ भनेर हुँदैन । त्यसकारण, काम समयमा हुनुपर्छ । व्यवस्थापन पनि गर्नुपर्छ । अर्को, निष्ठाको पनि कुरा हो । यहाँ मैले लगातार निष्ठाको कुरा गर्दा पद्धति र प्रक्रियाको पनि कुरा गरेको हु“ । सङ्गठन विधि, पद्धति र प्रक्रियाबाट चल्छ । विधि, पद्धति र प्रक्रियाको चर्चा कहिलेकहिले म अखबारहरूमा पनि देख्छु । विधिप्रक्रियाअनुसार पो हुनुपर्छ भनेको सुन्छु । विधिप्रक्रियाअनुसार त्यस्तो प्रश्न उठे हुन्थ्यो ।

० पार्टी एकतापछि कमिटीहरू ठूला हुने, कमिटी प्रणाली निष्क्रिय हुने र पार्टी कमजोर हुने खतरा पनि आउने हुन्छ । यसमा अहिल्यैदेखि कसरी ध्यान दिनुभएको छ ? यो खतरा कत्तिको देख्नुहुन्छ ?

एकीकृत भएपछि पार्टी स्वाभाविकरूपमा ठूलो भयो । यत्तिको ठूलो हुँदैमा कमिटीहरू यत्रा ठूला सामन्यतया हुनुपर्ने होइन । तर, हामी एकता र एकीकरणको प्रक्रियाबाट अगाडि बढ्दैछौं । जहाँ यथार्थतालाई मात्र होइन, संवेदनशीलतालाई पनि ध्यान दिनुपर्नेछ । वस्तुतथ्यलाई मात्र होइन, भावनालाई पनि ध्यान दिनुपर्ने छ । ठूला कुरामा ध्यान दिनुपर्ने हुन्छ, तर ठूला र जायज कुरामा अडेर मात्र पनि हुँदैन । कहिलेकहिले अलिकति खुकुलो हु“दा भोलि जायज कमिटी बनाउन, जायज तरिकाको सञ्चालनमा जान र सफलतातर्फ अगाडि बढ्न अनुकूल वातावरण मिल्छ भने त्यति नराम्रो त होइन भन्दै पनि गर्नुपर्ने केहीकेही कुराहरू हुन्छन् ।

त्यो भावना र बृहत्तर हितलाई ध्यानमा राखेर गर्नुपर्छ । हामीले भनेका छौं, अहिले जुन कमिटीहरू बनेका छन्, एकता–एकीकरण गर्दा स्वाभाविक रूपमा अलिक ठूला छन् । यो उचित होइन । तर, यो महाधिवेशनसम्मका लागि आवश्यक छ । महाधिवेशनमा हामीले कामको मूल्याङ्कन, आवश्यकता, औचित्य, कार्यकर्ताहरूको इतिहास, योगदान, क्षमता, सक्रियता र निष्ठाका आधारमा जिम्मेवारी पुनःसंयोजित गर्नुपर्छ, पुनर्वितरण गर्नुपर्छ । अनि कमिटीलाई कामकाजी, व्यावहारिक र चुस्तदुरुस्त बनाउनपर्छ ।

० दुई अध्यक्षलाई पनि एक बनाउनुपर्छ ?

हामीले अहिले दुई अध्यक्षको व्यवस्था गरेका हौ“ । यसपछि हामी महाधिवेशनमा जान्छौ“ । महाधिवेशनको फैसला त्यसभन्दा अगाडि नै दिनु बाञ्छनीय हुँदैन । कही“कही“ एउटा मात्र घोडाले बग्गी, हलो जोतेको हुन्छ । कही“ दुइटाले जुवा लगाएर जोतेको हुन्छ । हामीले दुइटाले जोत्ने प्रणाली हाललाई अगाडि बढायौं । हेर्छौं,यसलाई महाधिवेशनमा लिएर जान्छौ“ । त्यसपछि महाधिवेशनले जे भन्छ, त्यही हुन्छ ।

० एमाले र माओवादीको एकता, पार्टीहरूको यो एकता– विभाजनको इतिहासमा दुर्लभ वास्तविकता जस्तो पनि लाग्छ । अलग वैचारिक आधार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक व्यवहार, शैली, संस्कृतिलाई समेत हेर्दा र निकट विगत हेर्दा केही तिक्तताको सम्बन्ध पनि थियो । यो सबै परिस्थितिमा पार्टी एकता भयो । पार्टी एकतापछि तपाई अध्यक्ष र प्रधानमन्त्रीका रूपमा हुनुहुन्छ । हाम्रा दुइटा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले यो एकतापछि यहाँलाई कस्तो सन्देश दिएका छन् ?

हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय मित्रहरूले हामीलाई बधाई र शुभकामना भनेका छन् । यो हाम्रो आन्तरिक मामिला हो । हामी विभाजित हु“दा पनि कसैले धेरै चित्त दुखाउनुपर्ने र चिन्ता गर्नुपर्ने विषय होइन, त्यो हामै्र विषय हो । हामी मिल्दाखेरि पनि यो हाम्रै विषय हो । विभाजनका बेला सहानुभूति दिने र एकताका बेला बधाई दिने उहाँहरूको काम हो । एकताबाट स्थायित्वको पक्षमा काम हुन्छ । यसमा उहाँहरूले खुसी व्यक्त गर्नुभएको छ । अब स्थायित्व प्राप्त भएपछि पार्टी र सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ र आजका अभिभाराहरू पूरा गर्नुपर्छ भन्ने धारणा मैले सबै मित्रहरूमा पाएको छु । अहिलेसम्म त्यसविपरीत मैले कसैको टिप्पणी पाएको छैन ।

० यस एकतापछि भारत र चीनलाई हामीले हेर्ने र उनीहरूले हामीलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउछ कि ?

अलिकति परिवर्तन आउ“छ । किनभने, हिजो फेरि अस्थिरता हुने हो कि ? स्थायित्व नहुने हो कि ? फेरि झगडा गरेर सरकार ढल्ने हो कि ? अरूअरू प्रकारका शक्तिहरूले खेलेर यो समीकरणलाई भत्काउने हुन् कि ? सम्बन्ध राख्दा त्यो आशङ्कासहित गर्नुपर्ने हो कि ? स्थायित्वको प्रत्याभूतिको हो कि होइन भन्नेजस्ता आशङ्का थिए । कतिपय वैदेशिक लगानीकर्ताहरू आजका नीति कायम रहने हुन् कि होइनन् भन्नेमा हुन्थे । म पहिले प्रधानमन्त्री हु“दा गरेका कतिपय निर्णयहरू जस्ताको तस्तै त्यही“ थन्किए । सरकार परिवर्तन भएपछि अघिल्लो सरकारका नीतिहरूले निरन्तरता नपाउने र अलपत्र पर्ने आशङ्काको स्थिति हिजो रहेको थियो भने आज ढुक्कले व्यवहार गर्न सकिने अवस्था छ । यसबाट अन्तर्राष्ट्रिय समुदाय पनि आश्वस्त भएको छ, हाम्रा छिमेकीहरू पनि खुसी भएका छन् ।

० त्रास कत्तिको पाउनुहुन्छ प्रधानमन्त्रीज्यू ? कम्युनिस्टहरू आए, अब अधिनायकवाद आउ“छ, लोकतन्त्र खतरामा पर्छ, विपक्षीमाथि दमन गरिन्छ भन्नेजस्ता प्रचारहरू सुनिन्छन् । अन्तर्राष्ट्रिय समुदायसँगको कुराकानीमा कस्तो पाउनुभएको छ ?

राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा कही“कतै कसैले पनि यस्ता आधारहीन कुराहरूलाई पत्याउने त कुरै छाडौ, कुनै महत्व नै दिएका छैनन् । किनभने, सबैलाई थाहा छ, हामी कुन पृष्ठभूमिबाट आयौं, कसरी आयौं, के गर्दैछौं ? आन्दोलन, क्रान्ति,परिवर्तन वा स्थिरता ल्याउने कुरामा ब्रिटेन कहिल्यै हिंसाबाट गुज्रेन ? फ्रान्सको क्रान्ति हिंसाबाट गुज्रिएन ? अमेरिकी स्वाधीनता सङ्ग्राम हिंसाबाट गुज्रिएन ? कहाँ स्थिरता प्राप्तिका सन्दर्भमा वा व्यवस्था परिवर्तनका सन्दर्भमा यस्ता कुराहरू कति समयानुकूल भए होलान्, कति अलिक समायनुकूल भएनन् होलान् † कति सफल भए होलान्, कति भएनन् होलान् । तर, अहिलेभन्दा अगाडिको औपनिवेशिकता र तानाशाहीको समय भनेको हिंसाका सम्भावना भएको र हिंसालाई सम्पूर्णरूपले औचित्यहीन भन्न नसकिने समय हो ।

यदि आफूलाई निरपेक्ष ढङ्गले शान्तिवादी भन्नुहुन्न भने यस कुरालाई निरपेक्ष ढङ्गले अस्वीकार गर्न सकिन्न । किनभने, जनताले सङ्गठित हुन नपाउने, बोल्न नपाउने, आफ्ना विचार राख्न नपाउने, आफ्ना हितहरूलाई मुखरित गर्न नपाउने, आफ्नो सुरक्षा नहुने, आफ्नै बलमा चलेको, आफ्नै करले चलेको राज्यले आफ्नै विरुद्ध हिंसा प्रयोग गरेर असङ्गठित जनतालाई दबाउने काम भएपछि त्यसको प्रतिकार र प्रतिवाद राजनीतिमा स्वाभाविक हो । त्यो दुनिया“मा भएको हो । हिजोका औपनिवेशिक र तानाशाही दिनहरू अब गए । अब हिंसाको माध्यमबाट होइन, शान्तिका माध्यमबाट, तानाशाहीको बाटोबाट होइन, लोकतन्त्रको बाटोबाट, औपनिवेशिक बाटोबाट होइन, राष्ट्रहरू स्वाधीनतापूर्वक आफ्ना निर्णय र उन्नति गर्ने बाटोबाट अगाडि बढिरहेका छन् । वैयत्तिक स्वतन्त्रता वा राष्ट्रिय स्वतन्त्रता, वैयक्तिक हकअधिकार वा राष्ट्रिय हकअधिकारहरू शान्तिपूर्ण र वैधानिक हिसाबले स्थापित भइसकेको अवस्थामा परिस्थिति भिन्न भएको छ ।

यो परिस्थिति भिन्न बनाउनेमा, हिंसा आवश्यक नपर्ने अवस्थामा, हिंसा अब आवश्यक छैन भन्न सकिने अवस्थामा हामीले शान्तिपूर्ण आन्दोलनबाट यस स्थितिको स्थापना गरेर, संविधानसभाबाट संविधान बनाएर, निर्वाचनबाट संविधान कार्यान्वयन गरेर र निर्वाचनबाट संविधानले भनेका संरचनाहरू बनाएर आएका छौं । त्यसकारण, ‘लोकतान्त्रिक शक्तिहरूलाई फालेर, कब्जा गरेर’ भन्ने स्थिति होइन अब । नेपालमा हामी नभए सरकारमा को हुनुपथ्र्यो त ? जनताले अस्वीकृत गरेका शक्ति सरकारमा हुनुपथ्र्यो ? त्यही हो लोकतन्त्र ? के हुन्छ लोकतन्त्रको परिभाषा ? जनताले अस्वीकार गरेका, तिमी शासन गर्न योग्य छैनौ भनेका र पराजित गरेका शासनमा हुनुपर्ने अनि जनताले मन पराएका, जिताएका, लोकप्रिय र बहुमत ल्याउने शक्ति शासनमा हुदा तानाशाही आउने ? जनताले रोजेको व्यवस्था र प्रतिनिधिहरूले सरकार सञ्चालन गर्दा तानाशाही हुन्छ भन्नु आधारहीन कुतर्क हो, पराजित मानसिकताको तर्क मात्रै हो । तसर्थ, यो कसैले पत्याएको छ भन्नेहरूले भ्रम फिजाउन सकिन्छ कि भनेर पराजयको पीडा मत्थर पार्न भनेका हुन् । कहिलेकहिले कस्तो पनि हुन्छ भने कुनै कारण मान्छेले हार्छ । अनि मैले राम्रो खेलिन“ भन्दैन, आज के भएर साइतै बिग्रियो भन्छ ? घरबाट फुत्त निस्क“दा काग कराएको थियो भनेजस्तै कुरा हो त्यो । काग र हारजितको कुनै सम्बन्ध हुँदैन । तर पनि मान्छे महसुस गर्न अप्ठ्यारो मान्छ र हुदाहुदा दोष कागको टाउकोमा लगेर हाल्छ र आफ्नो पराजय लुकाउछ ।

० अधिनायकवादको डर भएन ठीक छ । सय दिनको हनिमुन अवधि पूरा गरिसक्नुभयो । एकतापछि तपाईंको नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको आफ्नै शक्ति बनाएको छ, सबल आधार निर्माण गरेको छ । यस अवधिको कामलाई लिएर आफै“चाहि“ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

एक सय दिनको परम्परा हामीले चलाएको होइन । हामीलाई आलोचना गर्ने खालका शक्तिहरूले चलाएको प्रचलन हो । सय दिन भनेको सरकार गठन र व्यवस्थापन गर्नका लागि हो । यो कुनै काम गरेर उपलब्धि देखाउने समय नै होइन । त्यसकारण, यसलाई हनिमुन अवधि भनिन्छ । यसबेला कामको मूल्याङ्कन गर्ने बेलै होइन । तर, हामीले के भन्यौ“ भने हामीलाई एक दिन, एक छिन पनि हनिमुन अवधि चाहिएन । हामी काम गर्न आएका हौ । त्यसकारण, व्यवस्थापनका पक्ष वा काम सुरुवात गर्ने व्यवस्थापनका पक्षमा समय धेरै वर्वाद गर्दैनौ । हाम्रो कामको दैनिक मूल्याङ्कन होस् । नेपाली जनताले भ्रष्टाचार गरे, भ्रष्टाचार भयो भनेर दिनैपिच्छे कहानी र अनेक तमासा सुन्नुपथ्र्यो, यी सय दिनमा कम्तीमा यी फोहोर कुराहरू कानमा नपरिकन पवित्र समाचारहरूले नेपाली जनताका कान चोखा रहे । भ्रष्टाचारका विरुद्ध सरकार खनियो । कहिलेदेखिका सुनकाण्डदेखि अनेक काण्डका छानबिन भए । हामीले अनेक अभियान सुरु गर्यौं । कही भर्ना अभियान सुरु गरेका छौं, कही शैक्षिक अभियान सुरु गरेका छौं, कही निर्माणका अभियानहरू सुरु गरेका छौं । तपाईंहरूले भिन्नता हेर्नुभयो भने काठमाडौमा धूलो जति थियो, मेलम्ची अहिले पनि आइसकेको छैन, तर हामीले त्यसलाई नियन्त्रण गरेका छौं ।

सय दिनमा जादु हुँदैन । यो कुनै स्वस्थानी ब्रतकथामा उता हेर त सतीदेवी भनेर यसो परालछ्वालीको बार पन्छाएर हेर्दा परतिर दरबार देखिनेजस्तो होइन । हामी कुनै तिलस्मी कथामा लागेका होइनौ“ । हामीले रित्तो र खोक्रो पारेको ढुकुटीबाट रूपान्तरण सुरु गरेका छौं । ८ खर्ब चानचुन बजेट छ, ६ खर्ब चानचुन सामान्य खर्च छ । कर्मचारी, शिक्षक, प्रहरी, सेना व्यवस्थापन, कार्यालय सञ्चालनमा ६ खर्ब जान्छ । त्यो अवस्थामा हामी छौं । रेमिट्यान्स र आयातमा निर्भर हुने स्थितिमा छौं । यस नाजुक अवस्थामा हामी काम गर्दैछौं र केही सकारात्मक कामको महसुस जनताले गरिसकेका छन् ।

० नीति–कार्यक्रम आइसकेको छ,सुन्दर सपना त अगाडि सार्नुभएको छ । योचाहि“ कसरी कार्यान्वयन हुन्छ ?

कतिपय मान्छेहरूले के बुझेका छैनन् भने एउटा कुनै देश असफल पार्नु छ भने त्यस देशका जनताको स्वाभिमान टुटाइदिने र मनोबल गिराइदिने काम हुन्छ । स्वाभिमान छैन, मनोबल पनि छैन भने आत्मबलहीन जनताको देशले प्रगति गर्न सक्दैन । राणाशासनमा किन प्रगति भएन भन्दा दुईटा कुरा भएः केन्द्रीकृत मात्र होइन, परिवारै केन्द्रीकृत अर्थतन्त्र र राजनीति अनि जनतालाई सम्पूर्णरूपमा निषेधको काम गर्ने, राणा शासन टिकाइदिने, चलाइदिने, धानिदिने र थामिदिने मात्र काम थियो जनताको । अरू केही गर्न होइन, बा“च्न पाए हुन्थ्यो । डोले, छाते, ढोके, चिलिमे हुन अरू केही गर्नैपर्दैन । खेतमा जोतेर कमाएर लगेर राणाहरूलाई खुवाइदिनुपथ्र्यो ।

जे भएपनि उनीहरूका लागि मात्र गरिदिने थियो, जनताको काम । जनता बाच्नुपर्ने केका लागि भन्दा राणाहरूको सेवाका लागि । जनताको मनोबल गिराइयो । सृष्टिको सर्वोत्तम कुरा हो मानव जाति । त्यस मान्छेलाई तँ अछूत, तल बस, भित्र पस्न पाउ“दैनस्, बाहिर बस्, खोलो, कुवा, धारो, इनार नछो, भ्यागुतो त्यहाँभित्र बस्छ, त्यसभन्दा तँ घटिया होस्, भ्यागुताले त्यहाँ फोहोर गरे पनि त्यो अपवित्र हुँदैन, तैले छोइदि“दा अपवित्र हुन्छ भनेर मनोबल टुटाइयो ।

हामी विद्वान् पुर्खाका सन्तान हौ भन्ने कुरा बिर्साएर जनतालाई निरक्षर र अनपढ बनाइयो । बहादुर पुर्खाका सन्तान हौ“ भन्ने बिर्साएर जे गरे पनि लाचार भएर लम्पसार बनेर प्रभु बन्न सिकाइयो । यस पृष्ठभूमिबाट आएका कति मान्छे त्यही मानसिकतामा छन् अहिले पनि । जनताको मनोबल उठ्न सक्छ, जनताले केही गर्न सक्छन्, हामी देश बनाउन सक्छौ । हाम्रो यति उर्वर देश छ, हामी मिहिनेती र परिश्रमी छौं, रोप्यो भने किन उम्रदैन, किन फल्दैन ? उनीहरू जनताको मनोबल गिराएर सानो गिरोहमा सत्ता चलाउने र त्यसबाट लाभान्वित हुने प्रयासमा छन् । यिनका कुरा एकथरी हुन्छन् ।

सपना बाड्यो, खोक्रा पुलिन्दाका भाषण गर्यो, गफ गरेर हुन्छ ? भन्छन् । देश विकास गर्नुपर्छ भन्नेबित्तिकै हावादारी कुरा भन्छन् । देशविकास गर्छु भन्नु हावादारी कुरा हो भने सही र ठोस कुरा के हो त ? नेपालको विकास हुन सक्दैन, गर्न सकि“दैन, यसअघि देश विकास भएन, अब पनि हुँदैन भन्नु ? हावादारी कुरा होइन, विकास गर्न सकिन्छ, गर्नुपर्छ ।
जनताको आत्मविश्वास र मनोबल हामी अभिबृद्धि गर्न सक्छौ“ भन्ने हुनुपर्यो। यो मात्र आवश्यक छ हामीलाई । किनभने, आत्मविश्वास भएका मरुभूमिका देश आज कृषिका नमुना भएका छन् । इजरायलमा २ प्रतिशत जनता कृषिमा आधारित छन् । त्यो २ प्रतिशतले शतप्रतिशतलाई खुवाएर कृषिउपज निर्यात गरेर ठूलो आम्दानी गर्छ ।

असीको दशकसम्म इजरायल दुई छाक भात खान सक्ने अवस्थामा थिएन । एक छाक भात र अर्को छाक जुस खाएर बस्नुपथ्र्यो । यदि मनोबल उठ्यो भने मरुभूमि पनि कृषिका निम्ति नमुनायोग्य ठाउ“ बन्दोरहेछ । नेपालीले यूएईमा गएर खेती गरेका छन् । हामीसँग त प्रकृति यस्तो उर्वर छ, स्रोतयुक्त छ, खनिज छ, माटो छ, ढुङ्गा छ, पानी छ, सबै चीज छ । हामीसँग सुक्खा मौसम छैन, खोलानालाहरू छन् । शिरमा हिमाल छ, हिमनदी छ । अनवरत मूल फुटिरहन्छन्, हिउ पग्लिरहन्छ, स्रोत तलतिर आइरहन्छ सिचाइका लागि । यस्तो जमिनमा यस्तो जनसङ्ख्या छ, जसमा गर्न सक्छौ भन्ने भावना जाग्न मात्र बा“की छ । मैले गर्न खोजेको त्यही हो । त्यसैकारण भने– मैले मूच्र्छित सपनाहरू ब्युझाउन खोजेको हु । सपनाहरू मरेका होइनन्, मूच्र्छित छन् । मेरो विचारमा विकासको पहिलो सर्त यही हो ।

दोस्रो, योजनागत ढङ्गले के गर्छौं भन्ने कुरा प्रमुख हुन्छ । मैले भन्ने गरेको छु–ढुङ्गा टिपेर फ्याकिदियो, जहाँ पुग्छ, त्यही निसाना भनेर हुँदैन । निसाना कहाँ हो, त्यो हामीले तय गर्नुपर्छ– उद्देश्यहरू के हुन् ? कार्यदिशा के हो ? तय गरेर अघि बढ्नुपर्छ ।

० अध्यक्षज्यू, तपाईंको एउटा निसाना रेलमा लागेको देखिन्छ । यो रेलको त कपिराइट नै आफूसँग रहने गरी कुरा अगाडि लिएर आउनुभएको छ । उत्तरी र दक्षिणी छिमेकीसँग के–कस्तो कुरा हुन्छ ? कसरी कार्यान्वयन हुन्छ यो ?

पाच वर्षभित्र देखिने गरी कतिवटा ठाउ“मा रेल चलिसक्छ, कति ठाउमा रेल चल्ने बिन्दुमा पुग्छ । मैले पानीजहाज अर्थात् जलमार्गबाट ओसारपसारका कुरा गर्दा ठूला भनेका पार्टी र त्यसका विद्वान् अनुभवी नेताहरू बाल्टिनमा कागजका डुंगा बनाएर खेले । आज हामी कोसी, गण्डकी र कर्णालीमा जल यातायातको कुरा गरिराखेका छौं । सुदूर भविष्यको कुरा होइन, निकट भविष्यमा हामी यसलाई साकार पार्छौं । हामीसँग समुद्रको खाली किनारा नभएको हो । किनारामा कुनै देश विशेषको अधिकार हुन्छ, तर समुद्रमा हुँदैन । किनारामा समुद्र भएका देशहरूको र हाम्रा निम्ति समुद्र उस्तै हो, उत्तिकै अधिकारको कुरा हो । हामी जति पनि हाम्रा जहाज चलाउन सक्छौ । हामीले बन्दरगाह पाएका छौं । बन्दरगाह पाइसकेपछि हामीले जहाज चलाउनुपर्छ भन्ने कुरा मैले गरे“ । त्यो त झन् खप्नुखानु भएन, विरोधीहरू आत्तिए । विद्वान्हरू तर्सिए, आत्तिए ।

जहाज विदेश जादा नेपाली झन्डासहित जान्छ,मैले जहाज पनि नेपाली झन्डासहित जान्छ भन्दा आत्तिए । यो राष्ट्रिय झन्डासँग यिनीहरू दुश्मनी के हो ? त्यो म बुझ्दिन । झन्डा हालेर ? भने । तर, यी कुराहरू फेरि सम्पूर्ण हुन् त ? हामीले भनेको पूर्व–पश्चिम रेल अथवा उत्तर–दक्षिण रेल, रक्सौल–काठमाडौ, केरुङ–काठमाडौ“, काठमाडौ–पोखरा वा लुम्बिनी, यी कुराहरू नै मुख्य वा सम्पूर्ण हुन् त ? अथवा, पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने, मदन भण्डारी राजमार्ग निर्माण गर्ने, पुष्पलाल राजमार्ग विस्तार र सम्पन्न कुराहरू नै मुख्य हुन् त ? हामीले ऊर्जाविकासको कुरा गरेका छौं, त्यो नै सम्पूर्ण कुरा हो त ? होइन । हामीले समग्रतामा विकास, विकासबाट समृद्धि र नेपाली जनतालाई सुख– हाम्रो लक्ष्य हो । त्यसकारण, हामीले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेका छौं । हामी यो अभियान चलाउछौं ।

अब पाच वर्षमुनिको कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुँदैन । यति प्रतिशत होइन, एउटा मान्छे पनि अब नेपालमा भोको हुँदैन, एउटा पनि घरवारबिहीन हुँदैन । अब समाजवादउन्मुख हुने नै भयो, कतिपयलाई पीर प¥यो । एउटै भोको बस्न नदिने ? आजको मानव समाज मानवीय भावनाको उचाइमा हुनुपर्छ कि पर्दैन ? मैले एउटा मान्छे भोको हुनुपर्दैन भन्दा यो समाजवादी अवधारणा हो रे † यसमा कपाल लुछीलुछी रुनुपर्ने, छाती पिटीपिटी कोकोहोलो मच्चाउनुपर्ने किन ? हाम्रो विकास योजनबद्ध, सही गन्तव्य, सही बाटो र सही तरिकाले सञ्चालन गरिने समग्र अभियान हो । यो रेल वा बाटो मात्र होइन,समग्र अवधारणा हो ।

० अध्यक्षज्यू हामीले धेरै विषयमा कुराकानी गर्यौं, अन्तिममा यो एकता भएको क्षणमा पार्टीका नेता–कार्यकर्ता र आमजनतालाई के भन्न चाहनुहुन्छ ?

म प्रचण्डजीलाई धन्यवाद भन्न चाहन्छु । उहाँले अस्वीकार गरेको भए एकता हुँदैनथ्यो । प्रयास नगर्ने हो भने पनि एकता हुँदैनथ्यो । उहाँले गर्नुभयो र एकता सम्भव भयो । म तत्कालीन एमाले र माओवादी केन्द्रका तमाम नेता साथीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, जसको प्रयास र सकारात्मक योगदानबिना यो एकता सम्भव हुँदैनथ्यो । तमाम कार्यकर्ता पङ्क्ति यति साह्रो एकताको पक्षमा खुलेर र हतारोका साथ लाग्यो, हामी नै पो एकताका पक्षमा छैनौ“ कि भनेजस्तो गरी † त्यसले गलत मनशाय देखाउ“दैन, एकताको उत्कट अभिलाषा र व्यग्रता देखाउ“छ । त्यसले हामी नेतृत्वमा बस्नेहरूलाई उत्साहित र पे्ररित गरिह्यो, दबाब पनि दिइरह्यो । कतिवटा कुरा नमिल्नेजस्ता देखिए पनि त्यो मिलाऊ भनेर त्यसले दबाब पनि सिर्जना गर्यो । यसकारण, आमकार्यकर्ता पङ्क्ति धन्यवादका पात्र छन् ।

बेग्लाबेग्लै धारमा रहेर लामो समय आन्दोलनका अनुभव स“गालेका दुईटा पार्टी थिए । दुवैले अनुभव पनि हासिल गरे, बलिदान पनि गरे । त्यसको जगमा पैदा भएका अनुभवहरूलाई सदुपयोग गर्ने तत्परता देखाए । कहीकतै कमीकमजोरी भए होलान्, जेसुकै भएपनि देश र जनताको हितप्रति निष्ठा र केही गरौ भन्ने भावनाका साथ काम गर्दा नै ती काम भएका थिए भन्ने यस एकताले अन्ततोगत्वा पुष्टि गर्छ । त्यसकारण, म तमाम नेता साथीहरू, सहयोद्धाहरू, कार्यकर्ताहरू, समर्थक–शुभेच्छुकहरू सबैलाई धन्यवाद भन्छु । किनभने, हाम्रा आलोचकहरूलाई पनि म धन्यवाद दिन्छु । किनभने, उहाँहरूले विभिन्न कोणबाट हामीलाई या सजग गराउनुभएको छ या त खबरदारी गर्नुभएको छ । यो महान् र ऐतिहासिक कार्य एकल प्रयासमा सफल भएको होइन, हामी सबैको साझा प्रयास हो । त्यसकारण, सबै यसका अंशियार हुनुहुन्छ । म सबैलाई धन्यवाद भन्छु ।

० नवौ महाधिवेशनपछि हामीले प्रचार विभागमा झन्डै साढे तीन वर्षजति काम गर्यौं । यस अवधिमा पार्टी अध्यक्षको हिसाबले हामीलाई निर्देशन–नेतृत्व गर्नुभयो, अग्रज नेताका हिसाबले अभिभावकत्व प्रदान गर्नुभयो । प्रचार विभागका तर्फबाट अध्यक्षज्यूलाई आगामी दिनका लागि हामी सफलताको कामना व्यक्त गर्दछौं ।

प्रचार विभागले अहिलेसम्म जुन काम गर्यो, त्यसका निम्ति तपाईंहरूलाई धेरैधेरै धन्यवाद छ । नवयुग, २०७५ असार

July 9, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *