Untitled Document

अष्टेलीयाका विभिन्न प्रान्तमा सुशिल चालिसेका मुक्तक सग्रह ‘गुरासँहरु पलासँहरु’ विमोचन

अष्टेलीया । अष्टेलियाका विभिन्न प्रान्तमा सुशील चालिसेका मुक्तक सग्रह गुरासँहरु पलासँहरु विमोचन भएका छन् । अष्टेलिया निवासी नेपाली साहित्यकार सुशील चालिसेको पुस्तक गुराँसहरु, पलाँसहरु शनिबार मात्र मेलबर्नमा बिमोचन गरिएको छ । नेपालमा केही समय अघि विमोचन गरिएको पुस्तक मेलबर्नवासीका लागि छुट्टै विमोचन गरिएको हो ।

मेलबर्नको ब्रन्सविकमा रहेको साईप्रस हलमा शनिबार आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनसहित अन्य अतिथिगणले पुस्तक विमोचन गनुृभएको हो । यसअघि पुस्तकको परिचय, विवेचना र समालोचना गर्नुका साथै विभिन्न श्रष्टाले आफ्ना सिर्जना पनि उपस्थित दर्शकमाझ पस्केका थिए ।

कृतिमाथि रामकुमार श्रेष्ठले समालोचना गर्नुभएको थियो । उहाँले गजलमा आवश्यक पर्ने सबै तत्व यसमा समेटिएको भन्दै सर्जक चालिसेलाई बधाई दिनुभयो । कार्यक्रममा बोल्दै महावाणिज्यदूत योञ्जनले भिक्टोरियालाई अष्ट्रेलियको नेपाली साहित्य केन्द्र बनाउन आह्वान गर्नुभयो ।

सोही क्रममा बोल्दै साहित्यकार चालिसेले श्रीमान गम्भीर नेपाली राष्ट्रिय गानका सर्जक चक्रपाणी चालिसेको परिवारकै सदस्य भएका नाताले आफुलाई लेखनमा रुचि बढेको र मुक्तक संग्रह प्रकाशित गरेको बताउनुभयो ।

प्रवासमा व्यस्तताका बाबजुद नेपाली साहित्यको सेवा गर्न पाउँदा आफुलाई खुशी लागेको उहाँले सुनाउनुभयो । पुस्तकमा एक सय ५० वटा गजल समेटिएको छ । विमोचन कार्यक्रममा बिक्री भएको पुस्तकको ५० प्रतिशत रकम बाल चौतारीका बालबालिकाहरुलाई हस्तान्तरण गरिनेछ ।

July 9, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *