Untitled Document

सिण्डिकेट वा कार्टेलिङले नेपालीलाई समृद्ध बनाउन सकिन्न, सवै क्षेत्र आमुल परिवर्तनका लागि तयार हुनैपर्छ : गृहमन्त्री थापा

हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त ?, निश्चित रुपमा सकिदैन,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ, अन्यथा संमृद्धि संभव हुन्न

काठमाडौं, असार २७

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने घोषणा गर्नुभएको छ । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा मन्त्री थापाले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने मान्यता राख्नुभयो ।

‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त ?, निश्चित रुपमा सकिदैन,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ, अन्यथा संमृद्धि संभव हुन्न ।’

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको ठोकुवा गर्दै उहाँले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे । ‘यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि आउँदैन, समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ,’ थापाको भनाई थियो ।

यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने ठोकुवा गर्दै उहाँले सवै क्षेत्रमा आमुल परिवर्तन आवश्यक भएको बताउनु भयो ।

July 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *