जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १६:३०

काङ्ग्रेस पार्टी सङ्गठन सुदृढीकरणमामा लाग्नुपर्छः नेता जोशी


दमौली, जेठ १

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीका हरेक नेता तथा कार्यक्रर्ताले सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा काङ्ग्रेस तनहुँले भिमादमा आज आयोजना गरेको क्षेत्र नं २ स्तरीय भेलामा उहाँले पार्टीभित्र उचित व्यक्तिलाई उचित भूमिका दिनुपर्नेमा जोड दिनुभयो । गत वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा काङ्ग्रेसले भेला आयोजना गरेको छ ।

काङ्ग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यका अनुसार क्षेत्र नं १ को भेला जेठ २ गते बन्दीपुरको डुम्रेमा आयोजना गर्ने भएको छ । त्यस्तै नगर तथा गाउँस्तरीय भेला जेठ १५ गते शुक्लागण्डकीको दुलेगौडामा, जेठ १६ गते भानुमा, जेठ १७ गते रिसिङमा, जेठ १८ गते घिरिङमा, जेठ १९ गते देवघाटमा, जेठ २० गते आँबुखैरेनीमा, जेठ २१ गते म्याग्देमा, जेठ २२ गते बन्दीपुरमा, जेठ २३ गते भीमादमा र जेठ २४ गते व्यास नगरपालिकामा हुने आचार्यले जानकारी दिनुभयो ।