जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १६:३१

गरिमा विकास विकास बैंकको नयाँ शाखा बीरगञ्जमा


काठमाण्डौं,जेठ १

गरिमाविकास बैंक लिमिटेडले बीरगञ्ज शाखाकार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
उक्तशाखाकार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशकाअन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवाप्रदानगरिने बताउनुभयो । त्यसैगरी विकास बैंककाप्रमुखकार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकाल ले विकास बैंकले देशका सातवटै प्रदेशमाआफ्नो उपस्थिति जनाईसकेको आगामीदिनमा समेत शाखाविस्तारको क्रमलाई तीव्रतादिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदानगर्ने कार्यमाविकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोडनिक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्तअवधिसम्ममाविकास बैंकले ६६ करोड ६० लाख सञ्चालनमुनाफाआर्जन गरेको छ ।