Untitled Document

करोडौ ठगिको आरोपमा एन्फाका पुर्व महासचिव शाही पक्राउ

काठमाडौ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् ।

क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । शाही बिहीबार काठमाडौंबाट पक्राउ परेको महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक शाही अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत हुन् ।

८ असार २०७४, बिहीबार १४:०६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *