Untitled Document

नेकपामा २ हजार बढीको जम्बो केन्द्रीय परिषद्

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्र्रीय परिषद् २ हजारभन्दा ठूलो संख्याको जम्बो बन्ने भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबाट बनेको ने पाको केन्द्रीय परिषद् राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्रकै सबैभन्दा ठूलो संख्याको केन्द्रीय निकायसमेत हुने भएको छ ।

दुई पार्टी एकतापछि पहिलोपटक ३ जेठमा बसेको पार्टी केन्द्रीय समितिद्वारा पारित अन्तरिम विधान र बिहीबार बसेको सचिवालय बैठकबाट पारित पार्टीको नियमावलीअनुसार ने क पाको केन्द्रीय परिषद् २ हजारभन्दा ठूलो बन्ने भएको हो ।

नेकपाको विधानमा केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च हुने उल्लेख छ । जसमध्ये केन्द्रीय परिषद् राष्ट्रिय महाधिवेशन सबैभन्दा ठूलो संख्याको केन्द्रीय निकायमा राष्ट्रिय परिषद् गठन हुने भएको हो ।

ने क पाको विधानअनुसार केन्द्रीय परिषद्मा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय कमिटीले आफ्नो कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुनेगरी अध्यक्ष र सचिव तथा सदस्यहरूमा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू, जिल्ला कमिटीका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, जनवर्गीय संगठनकाका केन्द्रीय अध्यक्षहरू र उपयुक्त पदेन सदस्य संख्याको २५ प्रतिशतभन्दा बढी नहुनेगरी केन्द्रीय कमिटीबाट मनोनीत सदस्यहरू केन्द्रीय परिषद्का सदस्य हुने व्यवस्था गरिएको छ ।ने क पाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ भने केन्द्रीय आयोगमा अध्यक्ष र सचिवसहित नौ सदस्यीय हुने व्यवस्था छ । ने क पाको केन्द्रमा तीनवटा आयोग हुने भएको छ ।

केन्द्रीय, प्रदेश र आयोग सदस्य तथा जिल्ला र जनवर्गीय अध्यक्ष स्वतः केन्द्रीय परिषद्मा आयोग, विभाग र तल्ला कमिटीमा पदाधिकारी नहुने, अध्यक्ष र सचिव मात्र

नेकपाको विधानमा केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय कमिटीले आफ्नो कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुनेगरी अध्यक्ष र सचिव सदस्यसहित हुने व्यवस्था गरेको छ । विधानमा उपयुक्त पदेन सदस्य संख्याको २५ प्रतिशतभन्दा बढी नहुनेगरी केन्द्रीय कमिटीबाट मनोनीत सदस्यहरूसमेत केन्द्रीय परिषद्मा हुने व्यवस्था छ । यसैगरी, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरू ३२ वटा केन्द्रमा रहने विभागका सचिवहरू, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरू गरेर ने क पाको केन्द्रीय परिषद् जम्बो हुने भएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी पोलिटब्युरो, केन्द्रीय परिषद्, आयोग तथा तल्ला कमिटी र जनसंगठनहरूको अब चाँडै एकता तथा पूर्णता प्रक्रिया अघि बढ्ने बताए ।नेकपाको केन्द्रीय परिषद् जम्बो भए पनि सर्वोच्च निकाय भने केन्द्रीय कमिटीलाई मानिएको छ । राष्ट्रिय परिषद्को अधिकार र कर्तव्य भने केन्द्रीय कमिटीका तर्फबाट प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिने र राष्ट्रिय महŒवका विभिन्न प्रस्ताव पारित गर्ने उल्लेख छ ।

नेकपामा अध्यक्ष र सचिव मात्र
ने क पाको केन्द्रीय आयोग, विभागहरू र प्रदेश, जिल्ला तथा स्थानीय कमिटीमा तत्काल पदाधिकारी नहुने भएको छ ।ने क पाद्वारा गठन हुने केन्द्रीय तथा प्रादेशिक आयोग, विभागहरूमा समेत पदाधिकारी नहुने भएको छ । त्यस्ता कमिटी तथा जनसंगठनमा तत्कालका लागि अध्यक्ष र सचिव र सदस्यहरू मात्र हुने भएको हो ।

जनसंगठनहरूले आफ्नो विधानअनुसार संख्या तोक्न सक्ने व्यवस्था छ भने केन्द्रको अनुमतिमा अन्य पदाधिकारीसमेत बढाउन सक्ने व्यवस्था छ ।नेकपाद्वारा बिहीबार जारी विधान र नियमावलीअनुसार पूर्वनेकपा एमाले र नेकपा माओवादी केन्द्रमध्ये एक पूर्वपार्टीबाट अध्यक्ष र अर्को पूर्वपार्टी सचिव रहनेगरी एकता प्रक्रिया टुंग्याउन लागिएको हो ।आजको राजधानीमा खवर छ ।

July 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *