Untitled Document

अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा मृतकको सख्या ५ पुग्यो, घाइतेको राजधानीमा उपचार हुदै

सिन्धुपाल्चोक, असार २९

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको फ्याफुल्ला डाँडामा गएराति भएको जीप दुर्घटनामा मृत्यु हुनेको सख्या ५ पुगेको छ । दुर्घटनामा परि अन्य १० जना घाइते छन् । विहिवार राति मेलम्चीबाट भोताङतर्फ जादै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाडामा दुर्घटना भएको हो ।

भोताङकै ५६ वर्षीया बोधोम तामाङ र २५ वर्षिया सुनमाया तामाङको उपचारका लागी ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भोताङका स्थानीय ७५ वर्षिया भिमबहादुर तामाङ, ५५ वर्षे जयरामी तामाङ, ५३ वर्षिया नानी तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी मेलम्ची प्रहरी निरीक्षक परशुराम मल्लले बताउनुभयो । जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसेको मल्लले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा रामबहादुर लामा (चालक), अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन ।
घाइतेहरुको उद्धारका लागी नाइट भिजन हेलिकप्टर लगिएपनि मौसम प्रतिकुल भएपछि फकाईएको प्रहरीले जनाएको छ । घाईते केहीलाई थप उपचारका लागि राती नै काठमाडौं ल्याईएको छ ।

July 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *