जनता टाइम्स

२९ माघ २०७६, बुधबार १०:१४

प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल


काठमाडौं, माघ २९

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको हो ।

दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिनुभयो । कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो । शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।