जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार २०:३६

आयाल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मुल्य सूची


काठमाडौं, फागुन ५ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँले घटाएको हो। घटेको मूल्य आज राती १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ।

निगमले यसअघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो। अब काठमाडौंमा पेट्रोल लिटरको १ सय ८, डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम भएको छ। भारतको सरकारी तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गर्दै आएको छ।

आइओसीले हरेक १५ दिनमा निगमलाई नयाँ मूल्य उपलब्ध गराउने भएकाले सोही अनुसार मूल्य समायोजना गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ। यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मूल्य प्रति सिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ।