जनता टाइम्स

१७ फाल्गुन २०७६, शनिबार २०:०८

गौरीशंकर हिमाललाई धार्मिक पर्यटकीय गन्तब्य स्थलका रुपमा विकास गर्ने मन्त्री गुरुङको घोषणा


काठमाडौं, फागुन १७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गौरीशंकर हिमाललाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना अघि सार्नु भएको छ ।

मन्त्री गुरुङले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि गौरीशंकर हिमाललाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने पनि स्पष्ट पार्नु भयो । गौरीशंकर गाउँपालिकाको संयोजनमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गौरीशंकर हिमालको धार्मिक महत्व विश्वभर रहेको उल्लेख गर्दै त्यसलाई पर्यटकीय गन्तव्यको रुपका विकास गर्न आवश्यक सहयोग गर्न पनि सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् डा. जगमान गुरुङले गौरीशंकर हिमाल विश्वकै उत्कृष्ट धार्मिक स्थल रहेको तथ्य स्मरण गराउनु भएको थियो । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी अध्ययन, अनुसन्धानको कामलाई अघि बढाउन नेपालका संस्कृतिविद्हरु आफै सक्षम रहेको स्पष्ट पार्नु भएको थियो ।