जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १६:०६

कारोनाबिरुद्धको अभियानमा एकजुट हुन राष्ट्रपतिको अपिल


काठमाडौं, चैत १ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कोरोना भाइरसबिरुद्धको अभियानमा एकजुट बन्न अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै कोरोनाबिरुद्धको अभियानमा एकजुट हुन अपिल गर्नुभएको हो ।

‘बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोवव कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरु अबलम्बन गरौं । यस रोग बिरुद्धको बिश्वब्यापी अभियानमा हामी सवै एकजुट होऔं,’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।