जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १४:१६

कोरोना भाइरसबाट बच्न खानुपर्छ यी खानेकुरा


काठमाडौं, चैत २ । चीनबाट उत्पन्न भई संसारभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न अनेक उपायको खोजी भइरहेको छ । यो भाइरसको संक्रमण बिश्वभर फैलिएपछि बच्ने उपायको खोजीमा बैज्ञानिकहरु लागेका छन । नेपालमा पनि अहिलेसम्म एक जनामा देखिएको संक्रमण निको भइसकेको छ । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण बढिरहेको छ ।

यस्तोमा चिकित्सकहरुले खानेकुरा के खाने, के नखाने ? भन्ने बारेमा विभिन्न सल्लाह सुझाव दिएका छन् । चिकित्सकका अनुसार कोरोनाको महामारीबाट बच्नका लागि आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँदै जानुपर्छ । जस्को लागि यी खानेकुरा लिन चिकित्सकको सुझाव छ । चिनियाँ वैज्ञानिकहरुको अनुसन्धानमा कोरोना भाइरसको संक्रमण वृद्धवृद्धामा भएमा मृत्युदर धेरै हुन्छ । बुढाबुढी, बालबालिका र शारीरिकरुपमा कमजोर भएकाहरुलाई यो रोगको संक्रमण छिटो हुन्छ र मृत्युदर पनि बढी नै हुन्छ । त्यसैले यसबाट बच्न एन्टीभाइरल फूडको सेवन गर्नुपर्छ । जसले हाम्रो रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र भाइरसको संक्रमण रोक्न सुरक्षा प्रदान गर्छ ।

१. नरिवलको तेल

चिकित्सकहरुले घरमा खाना बनाउने समयमा अन्य रिफाइण्ड भन्दा पनि नरिवलको तेलको प्रयोग गर्न सल्लाह दिएका छन । यसमा लान्रिक एसिड र क्याप्रिलिक एसिड पाइन्छ । जसले हाम्रो इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

२. भिटामिन सी

एण्टीअक्सिडेन्टले भरिपूर्ण भिटामिन सीले पनि इम्युन सिस्टमलाई बलियो बनाएर भाइरसबाट बचाउँछ । त्यसैले आफ्नो दैनिक खानेकुरामा अमला, सिमलामिर्च, सुन्तला, अम्बा, मेवा, किवी, भुटुकलगायतका फलफूल खानुपर्छ । जस्ले कोरोना भाइरससँग लडन सक्छ ।

३. अमिलो फलफूल

अंगुर, काफल, किम्बु, ऐँसेलु, स्टबेरी, डार्क चकलेटलगायतका खानेकुराले पनि भाइरसबाट बचाउँछन् । यी फलफूलले परावैजनी किरण र फङ्गल इन्फेक्सन मात्र होइन, विभिन्न प्रकारका भाइरसबाट हाम्रो शरीरलाई सुरक्षा दिन्छन ।

४. स्टार सौफ

स्टार सौँफलाई पनि एन्टीभाइरल खानेकुरामा लिने गरिन्छ । तर नेपाल जस्ता देशमा यो सजिलै फाउन मुस्किल पर्छ । यसमा सिकिमक एसिड पाइन्छ । जसले भाइरल इन्फुएलन्जालगायतका भाइरसलाईसमेत नियन्त्रण गर्छ ।

५. अदुवा

अदुवा पनि एन्टीभाइरल खानेकुरा हो । यसलाई नेपालमा सजिलै पाउन सकिन्छ । त्यसैले खानेकुरा र पिउनेकुरामा यसको प्रयोग गर्नुस् । दिनमा तीन चार पटक अदुवाको सेवनले इम्युन सिस्टम बलियो हुन्छ ।

६. तुलसी

गाउँघरमा सजिलै पाउने तुलसीको प्रयोग पनि एन्टीभाइरलको रुपमा गरिन्छ । यसमा म्युनिटी पावर बढाउने तत्व धेरै हुन्छ । त्यसैले बिहान एक चच्चा तुलसीको धुलो लिँदा इम्युनिटी सिस्टम राम्रो हुन्छ । त्यसैले यसलाई रोगप्रतिरोधात्मक बुटीकारुपमा पनि लिने गरिन्छ ।

७. लसुन

लसुनलाई पनि एन्टीभाइरल खानेकुरा मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व भरपूर मात्रामा पाइन्छ । दैनिक एक चम्चा लसुनको पेष्ट सेवनले रोगबाट बचाउन सहयोग गर्छ ।

८. कागती

कागतीमा पनि भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्छ ।

९. ग्रिन टी

ग्रिन टीमा पनि एन्टीअक्सिटेन्ट तत्व पाइन्छ । यसको सेवनले एन्टीभाइरलको काम गर्छ । त्यसैले खाना आसपासको समयमा ग्री(नटीको प्रयोग गर्नुपर्छ । यो खाली पेटमा भने खानु हुँदैन । एजेन्सीको सहयोगमा