Untitled Document

यसकारण महिन निवास धरानमै पुगेर दिए एमाले अध्यक्ष ओलीले श्रद्धाञ्जली

काठमाडौं, असार ११- एमाले अध्यक्ष केपी शर्मा ओली धरानस्थित निवासमै पुगेर केन्द्रीय कमिटी सदस्य तथा सांसद महिन लिम्बुप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन । अर्बुद रोगका कारण गएराती धरानमा निधन भएकी नेतृ लिम्बुप्रति अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष ओली धरान पुगेका हुन ।

एमालेकी अत्यन्तै उच्च क्षमताकी नेतृ महिनको निधनमा अत्यन्त भावुक बन्दै ओली निवासमा पुगेका हुन । उनका निजी सहयोगीहरुका अनुसार निवास पुग्दा ओली अत्यन्तै भावक बनेका थिए । बुटवलको कार्यक्रममा जान निकै हतार भएपनि ओली पहिला मृतक लिम्बुकप्रति श्रद्धाञ्जली दिएर मात्रै फर्कने भन्दै बिराटनगरबाट धरानतर्फ लागेका थिए ।निधनपछि धरानस्थित निवासमा राखिएको सांसद महिनको पार्थिव सरीरमा अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै परिवारजनमा समावेदना प्रकट गरेको एमाले महासचिव इश्वर पोखरेलले जनाएका छन ।

एमालेले उनको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । महासचिव पोखरेलले आज बिज्ञप्ती जारी गरी नेतृ लिम्बुको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षती पुगेका जनाएका हुन । धनकुटास्थित साविकको बुढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानी लिम्बुबाट विक्रम् सम्बत् २०१४ चैत ११ गते जन्मिएकी लिम्बु त्यस क्षेत्रमा लोकप्रिय हुनुका साथै पार्टीकी प्रतिबद्ध नेतृ थिइन । ०४९ सालमा उक्त गाविसको उपाध्यक्ष र ०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गरेकी लिम्बुले ०५५ सालमा गाविस राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित देशभरका गाविसहरुलाई नीतिगत नेतृत्व प्रदान गरेकी थिइन ।

०५३ देखि ०६१ सालसम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र ०६२ सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गरेकी लिम्बु ०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट एमालेको बैकल्पिक केन्द्रीय सदस्य र ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएकी थिइन । ०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी लिम्बु अखिल नेपाल महिला संघका विभिन्न कमिटीहरुमा रहेर काम गर्नुका साथै केन्द्रीय कमिटीको सचिव भएर पनि जिम्मेवारी निर्भाह गरेकी थिइन । उनका पति दलबहादुर लिम्बु, दुई छोरा, एक छोरी रहेका छन ।

‘कमरेड लिम्बुको निधनबाट पार्टीले एकजना अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको छैन, जनताले असल जनसेवी अभिभावक गुमाएका छन,’ एमाले महासचिव पोखरेलले जारी गरेको शोक बिज्ञप्तीमा भनिएको छ, ‘अडानमा दृढता र व्यवहारमा शालीनता कमरेड लिम्बुको खास विशेषता थियो ।’

११ असार २०७४, आईतवार १५:३६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *