जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १५:५०

राष्ट्रपतिलाई प्रधानमन्त्रीको दुई घण्टा लामो ब्रिफिङ


काठमाडौं, चैत ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मुलुकको पछिल्लो अवस्थाबारे सबिस्तार जानकारी गराउनु भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको दुई घण्टा लामो भेटबार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणको प्रयाशदेखि मुलुकको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भएको हो ।

दोस्रो पटक मिर्गाैला प्रत्यारोपनपछि निवास फर्किएर आरामसँग दैनिक प्रशासनिक कामको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओलीको मृर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक राष्ट्रपति भण्डारीसँगको भेट गर्नुभएको हो । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीसंग प्रधानमन्त्री ओलीको दुई घण्टा समय लिएर सबिस्तार जानकारी गराउनु भएको हो । भेटमा विश्व व्यापी महामारी बनेको कोभिन– १९ का विरुद्ध कसरी जुझ्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले लिएका कादम र निर्णहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो । ‘सम्माननीय प्रधानमन्त्रीले सम्मानीय राष्ट्रपतिलाई सरकारको काम, कोरोना भाइरस नियन्त्रणको प्रयाशसहित अन्य बिषयमा सबिस्तार जानकारी गराउनु भयो, राष्ट्रपतिले कोरोना नियन्त्रण प्रयाशमा सरकारले चालेको कदमको प्रसंशा गर्दै थप सतर्कता अपनाउन सुझाउनु भयो,’ भेटबारे शीतलनिवास स्रोतले जनताटाइम्ससँग भन्यो । भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई शीघ्र श्वास्थ्यलाभको कामना गर्दै दोस्रो पटक मिर्गाैला प्रत्यारोपन सफल भएकोमा बधाई दिनुभएको छ ।