जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १६:५८

गुल्मीको विकासमा सक्रिय परराष्ट्रमन्त्री ज्ञवाली : राजा–लामडाँडा–ठूलाचौर हरियाली सडकको समुद्घाटन


काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रमा गरिएका चुनावी बाचा अनुरुप विकास निर्माणलाई तिव्रता दिनु भएको छ । यसैक्रममा उहाले आज विहान निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा निर्माण भएको राजा–लामडाँडा–ठूलाचौर हरियाली सडकको समुद्घाटन गर्नुभयो ।

उहाले आफुहरु निर्वाचित भए पछिको पछिल्लो एक वर्षमा बिकासको लागि जग बसिसकेकोले अब बिकास निर्माणले तिब्रता पाउने जिकिर गर्नुभयो । केन्द्र बाट आफ्नो पहलमा गुल्मिको बिकासको लागि १ अर्ब १२ करोड रकम छुट्टाउन सफल भएको र यो क्रमलाइ आगामी दिनमा निरन्तरता दिने बताउनु भएको थियो।

रेसुङ्गा बिमानस्थलको पिच , सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्ट ट्रायक गुल्मिका विभिन्न बिध्यालयमा प्राविधिक शिक्षाको सुरुवात , खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका बिकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउदै निकट भबिस्य मै घुम्टी चारपाला खर्ज्याङ्ग मोटरबाटो कालो पत्रे गर्ने आश्वासन पनि दिनुभयो।