जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार ०६:३०

वन क्षेत्र बढ्यो – मन्त्री बस्नेत


काठमाडौं, ६ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताउनुभएको छ । उहाँले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताउनुभयो ।

डब्लुडब्लुएफ नेपालको २६आँै वार्षिकोत्सवमा मन्त्री बस्नेतले डब्लुडब्लुएफ नेपालले संरक्षणका क्षेत्रमा गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो ।

४५ प्रतिशत भूभाग जङ्गलले ओगटेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले वनजङ्गल र वन्यजन्तु चोरी–निकासी एवं शिकार नियन्त्रण भएको बताउनुभयो । वन्यजन्तु र मानवबीच देखिएको द्वन्द्व कम गर्न चुनौती भएको समेत उहाँको भनाइ थियो । जैविक विविधता महासन्धिले उठाएका दिगो व्यवस्थापको मुद्दालाई आत्मसात् गरी उपभोग र लाभको न्यायिक वितरण हुनुपर्ने बतानुभयो ।