जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १४:१२

मोटोपन घटाउन सहयोगी हेल्दी होम


मोटोपनको समस्या विश्वभरी देखापरेको छ । विश्वभर खानपानको समस्याले गर्दा यस्तो रोग देखा पर्ने गरेको छ । हरेक मानिस अहिले आरामदायी जीवन बाँच्न प्रयास गरिरहेको जसले गर्दा मोटोपनाको समस्या पनि विकारलरूपमा विश्वभरी रहेको छ । अग्र्यानिक खानेकुरा भन्दा जंक फुडमा मानिसले जोड दिन थालेका छन् । मानिस सबै व्यस्त छ तर अल्छी भइरहेको छ । राम्रो खाना खान्छन्, फिजिकल एकसरसाइज कम हुन्छ । जसले गर्दा मानिसहरूमा मोटोपना बढिरहेको छ । धेरैलाई आफ्नो शरीर कसरी स्वस्थ राख्ने भन्ने पनि खासै ध्यान दिँदैनन् । यसै विषयमा हेल्दी होमका डाइरेक्टर कृष्ण भण्डारीसगँ बसन्त अर्यालले गरेको कुराकानीः

के हो हेल्दी होम ?

नेपालमा पहिलो पटक मोटोपन घटाउने पहिलो संस्थाको रूपमा हेल्दीहोम स्थापना भएको हो । यो यस्तो घर हो जहाँ मानिसलाई तन्दुरुत्त बनाउने, ह्ष्ट पुष्ट, निरोगी बनाउन सहयोग गर्छ । १० वर्षदेखि सञ्चालनमा आएको हेल्दी होमले २० हजार भन्दा बढी मानिसको मोटोपना घटाएर सन्तुष्टी बनाएर पठाएका छौं । हामीले आफ्नो विज्ञापन नै गर्नुपरेको छैन । एक जनालाई सन्तुष्ट बनाएर पठाएपछि उहाँले धेरैलाई रिफर गरेर पठाउनु हुन्छ । बागबजारमा सानो कोठाबाट शुरु गरेको व्यपार अहिले विभिन्न शहरमा १० ओटा शाखा सञ्चालन गरेका छौं ।

अहिले विभिन्न किसिमको रोगको उपचारको लागि एक से एक डाक्टरहरू हुनुहुन्छ । थुपै्र हस्पिटल छन् तर मोटोपनको लागि यस्तो अरू कुनै हस्पिटल छैन । मोटोपनको लागि नेपालको एकमात्र विश्वासिलो हेल्दीहोम हो । मोटोपना भनेको पनि एउटा रोग नै हो । यो रोगलाई मानिसले इग्नोर गर्ने गरेका छन् । जसले गर्दा मानिसलाई अरू थुप्रै रोग लाग्ने गरेका छन् । विस्तारै ब्लड प्रेसर, सुगर, ब्रेन स्ट्रोप, थाइराइड, महिनावारी नहुने, ब्याकपेन यस्ता सामान्य रोग लाग्ने गरेको छ ।

विदेशमा मोटोपनलाई पनि उपचार गर्ने धेरै संस्थाहरू छन् तर नेपालमा यस्ता अरू संस्था छैनन् । कोही उपचारको लागि हस्पिटल गयो भने डाक्टरले खाना कम खानु, डाइटिङ गर्नु, व्यायाम गर्ने गर्नुहोस् । घट्नुपर्छ भनेर त सिकाउँछन् तर स्ट्रिक्ल मोटोपन घटाउनको लागि के खाने हो, के उपचार गर्ने हो राम्रो संग बताउनु हुँदैन् खाली घट्नु मात्र भन्नुहुन्छ ।

मोटो छ हिँड्न पनि गाह्रो हुन्छ, व्यायाम गर्न पनि गाह्रो हुन्छ । यस्तो मान्छेलाई हामी हेरेर उपचार गर्ने गर्छौं । उपचार गर्नुभन्दा पहिले मान्छेको बिएमआई, बिएमआर परीक्षण हुन्छ । मान्छेको उमेर, उचाईअनुसार उहाँको कति तौल हुनुपर्ने हो । कति उहाँको ब्योसो हुनुपर्ने हो, कम तौल भएका पनि हुन्छन् । यस्तोलाई बडी फ्याट स्कानिङ टेस्ट गर्छौं, त्यसलाई क्यालकुलेसन गरेर उमेर, उचाईअनुसार रिपोर्ट निकाल्छौं । रिपोर्टअनुसार हामीले प्याकेजहरू बजाउने गर्छौं । हेल्दी होममा विशेषगरी तौल घटाउनको लागि धेरै प्याकेजहरू छन् । पेट, आन्द्रा, रगतलाई पनि प्राकृतिक रूपमा उपचार गरेर शरीरलाई ‘हेल्दी’ बनाउँछौ । यो बाहेक हामी मोटोपना घटाइसकेपछि अनुहारमा चमक देखाउन पनि हामी विभिन्न पद्धति अबलम्बन गर्ने गरेका छाैं ।

घटाउने प्रक्रिया

हेल्दीहोम्सले उपचार गर्ने भनेको बिना औषधी उपचार गर्छ । कोरियन र जापानिज थेरापीमार्फत् नेचुरल उपचार विधि अपनाउने गरेका छाैं । यो कोरियन अल्ट्रासोनिक थेरापी भनेपछि भिडियो एक्सरे गर्ने जस्तो प्रविधि हुन्छ । यसले जहाँ बोसो हुन्छ, त्यहाँ मसाज गरिदियो भने फ्याटलाई ब्रेक गर्छ त्यसपछि तातो पट्टी बाँधेर, स्पेसल स्यालुलाइड मसाज हुन्छ । जसले बोसोलाई पगाल्छ । यस्तो प्रक्रिया पूरा गर्न लगभग ३ घण्टा जति लाग्छ । यस्तो प्रोसेस पश्चात आजको आजै १–२ केजी तोल घट्छ । हामी फेरी ४–५ दिनको ग्याप राखेर महिनामा ६–७ पटक आउने प्याकेज बनाइदिन्छौ । यो जुन थेरापी हुन्छ, यसले बोसो पग्लेर कतिपय विस्तारै पेटमा जान्छ र दिसा पिसाबबाट जान्छ भने कतिपय पसिनाको माध्यमबाट बाहिर जान्छ । यो सँग सँगै खानाको पनि केही निश्चित तालिका हुन्छ । के–के खाने के के नखाने ? खाने कुरामा पनि निश्चित प्रकारका खाना ब्याण्ड गरिदिन्छौं । मोटोपना अनुसार महिनामा ५–१० केजी घट्ने टार्गेट हुन्छ । मोटोपना अनुसारको प्याकेजिङ हुन्छ । तर कसैलाई चाँडै मोटोपना घटाउनु छ भने मेडिकल सर्जरी गरी बोसो तान्ने काम पनि हाम्रो टिमले गर्छ । यो अन्तिम स्टेज हो । हामी प्रायः थेरापी मार्फत नै मोटोपना घटाउने गर्छौं । हेल्दी होमको यस्तो प्रोडक्ट जसले मोटोपना घटाउन सहयोग गर्दछ । हामीले एउटा चिया दिन्छौं, जसले बोसो पगाल्ने काम गर्छ । बिहान, दिउँसो, बेलुका चियामात्र हेल्दी होमस्को चिया खाँदा पनि मानिस फुर्तिलो हुन्छ । थेरापीले चाँडै नतिजा आउँछ भने चियाले अलि ढिला नतिजा आउँछ ।

थेरापी गर्नुका फाइदाहरू

थेरापीले हाम्रो शरीरलाई ‘डिटक्टिफिकेसन’ हुन्छ । यो भनेको हाम्रो शरीरमा मोटोपनले कतिपय अङ्गहरूलाई घेरेर राख्दिन्छ । जसले गर्दा शरिरको अङ्गले काम नगर्ने हुन सक्छ । लिभर, किड्नीमा पनि यस्ता समस्या देखापर्ने गरेका छन् । हाम्रो थेरापी भनेको शरीरका हरेक अङ्गलाई शुद्ध बनाउँछौ । मान्छे मोटो नै छैन भने पनि तन्दुरुस्त राख्न ‘डिटक्टिफिकेसन’ गर्छाैं । यसो गर्दा हरेक अङ्गले सहि ढङ्गले काम गर्छन् । कतिपय राम्रो खाना खाँला पनि शरीरभित्र गएर टक्सिन भएर बस्छ । कति प्रदुषणको कारण पनि शरीरभित्र विष बनेर बसेको हुन्छ । त्यसलाई कसरी बाहिर फाल्ने भन्ने नै ‘डिटक्टिफिकेसन’ हो । मोटोपना घटेपछि आफ्नो शरीर ओभरलोड हुँदा घुँडा दुख्ने, खुट्टाका गाँठी दुख्ने , महिनावारीको समस्या, ढाड दुख्ने, शासप्रसास लगाएतका समस्या आफै समाधन हुन्छन् । मोटोपना घट्यो भने धेरै रोगको औषधी खानै पर्दैन । हामीसँंग यति धेरै प्रमाणहरू छन्, जुन विधी प्रयोग गरी सन्तुष्ट भएका । हामीले उपचार गर्दा आजसम्म कसैलाई साइडइफेक्ट भएको छैन । हाम्रो मसाज थेरापी भएकाले त्यस्तो कुनै साइडइफेक्ट पनि हुँदैन । सर्जरी गर्ने भए साइडइफेक्ट हुने डर हुन्थ्यो तर बोसो थेरापी मार्फत् बोसो मेल्टिङ गर्दा विदेशमा पनि कुनै नराम्रो असर गरेको रेकर्ड हो ।

शरीर कसरी सधै ‘फिटनेस’ राख्ने ?

धेरैलाई मोटाउनुको कारण नै थाहा हुँदैन । मोटोपन खानाको कारण हुन्छ । हेरिडिटी र औषधिको कारण पनि मानिस मोटाएको हुन्छ । एकपटक आएर थेरापी गरेर घटायो फेरि खानपानमा ध्यान दिएन भने फेरी मोटाउँछ । तर हामी नमोटाउनको लागि धेरै टिप्सहरू दिने गर्छौं । खानाको टाइमलाई मेनटेन गर्ने, हल्का फिजिकल एक्टिभीटी गर्ने, जिम गर्ने सल्लाह पनि दिन्छौं । त्यसबाट पनि भएन भने ‘हेल्दी होम बोडी मेन्टेन मेम्बर प्याकेज’ भनेर छुट्टै छ । महिनामा एक दुईपटक आएर त्यो सेवा लियो भने शरीर फिट हुन्छ । अर्को हामीसँग नाइट ‘टी’ छ । जुन दिन हामी पार्टीमा जान्छौं वा हाई क्यालोरीयुक्त खाना खान्छौ । त्यसदिन त्यो चिया खायो भने मोटोपना बढ्न दिँदैन । त्यो चिया पनि शतप्रतिशत हर्वल हो ।

को–को आउँछन् त हेल्दी होममा ?

अहिले हम्रोमा गाइनोग्लोजी सम्बन्धी डाक्टर, डाइबिटिज सम्बन्धी डाक्टरहरूले पनि मोटोपना घटाउन हेल्दी होममा जानु भन्दै रिफर गर्ने गरेका छन् । डाक्टरहरू स्वयम् आफैं पनि हाम्रा ग्राहक हुन् । सेलिबे्रटिजहरू, गृहणी, हाइ फेमली जो लग्जरियस् रूपमा बसेका हुन्छन् ती नै मुख्य हाम्रा ग्रहाक हुन् । डाक्टर, नर्स पनि आफ्नो काममा व्यस्त हुने तर फिजिकली एसरसाइज गर्न समय नहुँदा यहाँ आउने गर्नुहुन्छ । दिनभर टेवलवर्क हुन्छ , खाना लक्जरियर्स हुन्छ, आउ जाउ गाडिमा जसले गर्दा फिजिकली एक्सरसाइज कम हुन्छ अनि मान्छे मोटाउन थाल्छ । त्यसपछि धेरै हेल्दी होममा आउने गर्नुहुन्छ । टिचिङको डाक्टर, अल्काको डाक्टर, ओम हस्पिटलको डाक्टरहरू पनि हाम्रा ग्राहक हुनुहुन्छ । सेलिब्रेटिजहरू जस्तो करिस्मा मानन्धर, रेखा थापा, केकी अधिकारी, आर्यन सिग्देल लगायतहरू आएर सेवा लिइरहनु भएको छ ।

नेपालमा कसरी यो अवधारणा भित्रियो ?

जापान गएको थिएँ । मलाई नेचुरोप्याथी सम्बन्धी जान्ने धेरै इच्छा थियो । जापानमा विश्वकै लामो आयु भएको मान्छे छन् । जापानिजहरू जुनपनि कुरा नेचुरल्ली उपनाउन खोज्छन् । जापानमा नेचुरोप्याथी सम्बन्धी काम गर्ने अवसर पाइयो । पैसा पनि कमाए अनि आफ्नै देशमा गएर काम गर्छु भनेर नेपाल आएर बागबजारबाट शुरु गरेका हौं । अहिले आफू स्वरोजगार हुने मात्र होइन । धेरैलाई रोजगारी दिन पनि सकेकोमा धेरै खुसी लाग्छ । मैले शुरु गर्दा मानिस जिम जाने गर्थे । तर जिम गए पनि मोटोपना घटाउन सकेका थिएनन् । हामीले खोलेपछि धेरैले सजिलै सेवा पनि पाएका छन् ।