Untitled Document

मलेसिया र सिंगापुरमा छायांकन गरिएको ‘खुल्ला छ है’ सार्वजनिक (भिडियोसहित )

मलेसिया । ‘स्मृति किरण’ एल्बममा रहेको खुल्ला छ है बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजन पोखरेलको रचना, रमेश अन्जान कडरियाको संगीत रहेको गीतलाई रमेश अन्जान कडरियाले गाएका हुन् ।

मलेसियाको रमणीय स्थलमा छायांकन गरिएको उक्त भिडियोमा फूर्वा दोर्जे तामाङ र सुष्मा थिङ तामाङले अभिनय गरेका छन् । सुमन केसीको संगीत संयोजन, कडरिया इन्टरटेन्मेन्टको अडियो भिडियो, राजेन्द्र खड्काको सम्पादन र अमिर मावोको छायांकन तथा निर्देशन रहेको छ ।

मलेसिया र सिङ्गापुरमा छायांकन गरिएको सो म्युजिक भिडियो मलेसिया स्थित निलाई मा रहेको फूलबारी रेष्टुरेन्टले निर्माण गरेको हो भने अर्शु फिल्म्सको पोष्ट प्रोडक्सन तथा मञ्जरी थिएटर ग्रुपको सहयोग रहेको छ ।

August 18, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *