जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १६:४२

उदयपुरमा अर्का एक जनामा कोरोना संक्रमण


काठमाडौं, बैशाख ९ । उदयपुरमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकाश देवकोटाले कोरोना भएको पुष्टि गर्नुभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।