जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार ०८:३८

नेपाल प्रहरीका २४ डिएस्पी एस्पीमा बढुवा सिफारिश (सूचीसहित)


काठमाडौं, बैशाख ११ । नेपाल प्रहरीले २४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक ( एसपी) मा बढुवा सिफारिस भएका छन । बुधवार मध्यराती प्रहरी प्रधान कार्यालयले २४ डिएसपीलाई एसपी बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिएसपीहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, राजिवबहादुर वस्नेत, दयानिधी ज्ञवाली, बामदेव गौतम, प्रविणलाल श्रेष्ठ हुनुहुन्छ । यसैगरी सन्तोष सिंह राठोर, शिवकुमार श्रेष्ठ,महेन्द्र थापा, दिपक पोखरेल, प्रभु प्रसाद ढकाल, संजयसिंह थापालगायत बढुवाको सिफारिशमा पर्नुभएको छ ।