जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार २०:००

कोरोनाको संकटविरुद्ध दिनरात खटिरहेकाको सम्मान गर्दै दीप प्रज्वलन


काठमाडौं, बैशाख २५

कोराना महामारीविरुद्ध लडिरहेका व्यक्तिको सम्झना र सम्मानमा विहिवार साँझ दीप प्रज्वलन गरिएको छ । सरकारको निर्णय अनुसार कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा साँझ सात बजे दीप प्रज्वलन गरिएको हो ।

बुद्धजयन्तीको अवसर पारेर गरिएको प्रज्वलनमा प्रधानमन्त्रीदेखी कलाकार तथा समाजसेवीले पनि आ–आफ्नो ठाँउबाट सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा रहेको बुद्धको प्रतिमामा साँझ दीप प्रज्वलन गर्नुभयो ।