Untitled Document

स्थानीय तह निर्वाचन : एमालेले लियो १०१ स्थानमा अग्रता, कांग्रेस ९०, माओवादी केन्द्र २८ स्थानमा अग्रता

काठमाडौं, असार १५- दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले एक सय स्थानमा अग्रता लिएको छ । प्रतिस्पर्धी कांग्रेसलाई पछाडि पार्दै एमालेले अहिलेसम्म १ सय १ स्थानमा अग्रता लिएको हो ।
यतिबेलासम्मको मतगणना परिणममा एमाले भन्दा ११ स्थान कम अर्थात ९० स्थानमा कांग्रेसले अग्रता लिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले २८ स्थानमा अग्रता लिएको छ भने राप्रपासहितका अन्य दलले ११ स्थानमा अग्रता लिएका छन । मतगणनाको यस परिणामले एमाले दोस्रो चरणमा पनि पहिलो स्थानमा बिजयी हुने देखिएको छ ।

बिभिन्न सर्वेक्षणले एमाले १ सय ५३ स्थान भन्दा बढी स्थानीइ तहमा निर्वाचित हुने देखाएको छ ।

 

June 29, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *