जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १२:४१

मिठो आवाजमा गाईन डान्सर तेरिया मगरले ‘तिम्रो मायाले बाधेर राख’ (भिडियोसहित)


काठमाडौं, जेठ ७

तेरिया मगरले ‘तिम्रो मायाले बाधेर राख ‘ गीत बजारमा ल्याएकी छन् । भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेर बिजेता बनेकी तेरिया मगरले निकै मिठो गीत गएकी छन् । वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको तेरियाको भिडियोमा तेरियाले निकै मिठो गीत गएकी हुन्। काठमाडौं आएको समय उनले सागर आलेलाई समेत भेटेकी थिइन ।

डान्स मार्फत धमाका मच्चाइरहेकि तेरियाले अब गीत गाएर समेत सबैको मन जित्ने पक्का छ। ‘तिम्रो मायाले बाधेर राख ‘ भन्ने गीतको कभर गीत गाएकी उनी हाल १८ वर्षकी भइन् । वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको भिडीयो पनि निकै आकर्षक बनेको छ। कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभा कै कारण यहाँ आइपुगेकी तेरियाको गीतले अब सबैको मन जित्ने छ ।

दर्शकको मन जित्न सफल तेरिया मगरले अहिलेसम्म संसार भरका २० भन्दा बढी देशमा आफ्नो नाच देखाइ सकेकी छन । डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी थिइन् तेरिया मगर । निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन । हाल उनको चर्चा र डिमाण्ड झन् बढ्दै आएको छ । डान्सकै कारण उनि संसारभर चर्चा कमाइसकेकी छिन ।