जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १३:०९

काठमाडौंका थप ५ स्थानमा विद्युत वितरण अण्डरग्राउण्ड हुँदै


काठमाडौं ,जेठ ७

एडीबीको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले थप पाँच स्थानको विद्युत् वितरण प्रणाली भूमिगत गर्ने भएको छ । प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, वानेश्वर, बालाजु र जोरपाटीमा रहेको वितरण केन्द्रलाई पनि भूमिगत गर्न लागेको हो ।

वितरणलाई भूमिगत बनाउनका लागि डिजाइन तयार, उपकरण आपूर्ति जडान र सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र को आह्वान गरेको छ । यसअघि प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रलाई भूमिगत वितरणको काम सुरु गरिसकेको छ ।

बोलपत्र पेश गर्ने अन्तिम दिन जुलाइ ११ अर्थात असार २६ गते सम्म रहेको छ । एडीबीको खरिद प्रक्रियाअनुसार बोलपत्रदाताले सिङगल सटेज ‘टु’ इनभेलोप पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ । वार्षिक ३ करोड ८० लाख डलर बराबरको काम लगातार ३ वर्ष गरेको हुनुपर्ने, ७ वर्षभित्र एउटा अण्डरग्राउण्डको काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।