Untitled Document

मुख्यमन्त्री पोखरेल भन्छन : दुई वर्षपछि प्रदेश नै जनताको आकांक्षा पूरा गर्ने प्रमुख सरकार भएको पुष्टि हुनेछ

बुटवल, भदौं १४

प्रदेश ५ का मुख्यमन्त्री शंकरपोखरेलले निर्वाहमुखी उत्पादन प्रणालीमा रहेको कृषिलाई व्यवसायिकरण गरी बजारसंग जोड्न ध्यान केन्द्रित गरिउको बताउनु भएको छ । प्रदेश सरकारको आवधिक योजना तर्जुमा २०७६/०७७-०८०-०८१ तर्जुमा सम्बन्धी पूर्वतयारी गोष्ठीलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो जानकारी दिनुभएको हो ।

‘निर्वाहमुखी उत्पादन प्रणालीमा रहेको कृषिलाई व्यवसायिकरण गरी बजारसंग जोड्न ध्यान दिदैछौं । हाम्रो रणनीति भनेको कृषिको व्यवसायिक विकास गरी कृषिमा रहेका बहुसंख्यकलाई बाहिर निकाल्ने हो । र, गैरकृषि क्षेत्रमा लगााउने हो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले प्रदेश सरकारले पुर्ण रुपमा काम गर्न थालेपछि नागरिकले शक्तिशाली महसुस गर्ने ठोकुवा गर्नुभयो ।

‘प्रदेश सरकारले पूर्णरुपमा काम गर्न थाल्दा नागरिकले प्रदेश सरकार शक्तिशाली भएको अनुभूति गर्नेछन् । दुई वर्षपछि नेपालको संघीयतामा प्रदेश नै जनताको आकांक्षा पूरा गर्ने प्रमुख सरकार भएको पुष्टि हुने छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले प्रदेश ५ लाई सवैभन्दा समृद्ध बनाउने काममा आफूहरु केन्द्रित रहेको भन्दै प्रदेशकोसमृद्धिबाटै राष्ट्र समृद्ध हुने बताउनुभयो ।

‘यो प्रदेशको समृद्धिबाट नै राष्ट बनाउने हो,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा राष्टिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कण्डेलले बल्ल प्रदेशले काम अघि बढाएकोले केही समयभित्र नतिजा आउने बताउनु भयो ।

‘केही प्रदेशले योजना आयोग नै बनाएका छैनन्, बनाएकाहरुले पनि भर्खर काम थाल्दैछन् । यो प्रदेश आवधिक योजना निर्माणका साथै अरु काममा धेरै अघि बढेको पाइयो । प्रदेश योजना आयोगलाई राष्टिय योजना आयोग आवश्यक सहयोग गर्न तयार छ,’ उपाध्यक्ष कँडेलले भन्नुभयो ।

कार्यक्रममा प्रदेश ५ का योजना आयोग उपाध्यक्ष डा प्रकाश श्रेष्ठले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेश ५ का प्रमुख सचिव डा तिर्थ ढकालले योजना दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा पूर्व तयारी गोष्ठी आयोजना गरेको बताउनु भयो ।

गोष्ठीमा सहभागी विभिन्न क्षेत्रका महानुभावहरुले महत्वपूर्ण सुझाव दिनुभएको थियो ।

 

August 30, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *