Untitled Document

ओलीको खुलासा : सरकार पहाड-तराई छुट्टयाएरै छाडने आपराधिक योजनामा छ

काठमाडौं, असार १७- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार पहाड र तराई छुट्टयाएरै छाडने आपराधिक योजनाका साथ अघि बढिरहेको खुलासा गर्नुभएको छ । कांग्रेस–माओवादी नेतृत्वको बर्तमान सरकार स्थानीय तह निर्वाचन अगावै संबिधान संशोधनमार्फत तराई र पहाड छुट्टयाएरै छाडने गम्भीर आपराधिक योजनाका साथ अघि बढेको ओलीले खुलासा गर्नुभएको हो ।

‘यो सरकार मुलुकलाई तहस नहस बनाउन खडा गरिएको गठबन्धन हो, जो तराई र पहाड छुट्टयाएरै छाडने आपराधिक योजनाका साथ अघि बढिरहेको छ,’ एमाले काठमाडौंले नगर कार्यपालिकाका निर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष ओलीले भन्नुभयो । ओलीका अनुसार असोज २ गते प्रदेश २ मा हुने निर्वाचन अगावै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल संबिधान संशोधनमार्फत मुलुक बिखण्डन गर्न चाहिरहेका छन ।

यो सरकार मुलुकलाई तहस नहस बनाउन खडा गरिएको गठबन्धन हो, जो तराई र पहाड छुट्टयाएरै छाडने आपराधिक योजनाका साथ अघि बढिरहेको छ

 

‘कांग्रेस–माओवादी नेतृत्वको बर्तमान सरकार स्थानीय तह निर्वाचन अगावै संबिधान संशोधनमार्फत तराई र पहाड छुट्टयाएरै छाडने गम्भीर आपराधिक योजनाका साथ अघि बढेको छ, उस्ले यही कामका लागि मधेसी जनता चुनावका लागि तयार हुँदाहुँदै असोज २ गते चुनाव पु¥याएको हो,’ ओलीले भन्नुभयो । उहाँले राष्ट्रियताको सवालमा, भौगोलिक अखण्डताको सवालमा एमाले पछि नहटने प्रष्ट पार्नुभयो । ‘राष्ट्रियताको सवालमा, भौगोलिक अखण्डताको सवालमा एमाले पछि हटदैन, माथि संसदमा ठुलै संघर्ष हुँदैछ, त्यो माथिको संघर्षलाई तलबाट तपाईहरु सवैले दह्रो साथ दिनोस,’ जनप्रतिनिधिलाई निर्देशन दिँदै ओलीले भन्नुभयो ।

 

राष्ट्रियताको सवालमा, भौगोलिक अखण्डताको सवालमा एमाले पछि हटदैन, माथि संसदमा ठुलै संघर्ष हुँदैछ, त्यो माथिको संघर्षलाई तलबाट तपाईहरु सवैले दह्रो साथ दिनोस

राष्ट्रियताको सवाल कमजोर पार्नकै लागि अहिलेको अपबित्र, अनुचित गठबन्धन बनेको र सरकार देश हितलाई गम्भीर रुपमा नोक्सान पार्न लागिपरेको ओलीको भनाई थियो । ‘प्रधानमन्त्री बनेलगत्तै शेरबहादुर देउवाले गरेको घोषणा निकै गम्भीर छ, उहाँहरुको प्रष्ट योजना संबिधान संशोधन गरेर तराई र पाहाड छुट्टयाइ छोडने हो, त्यो पनि स्थानीय तह निर्वाचन अगावै,’ ओलीले भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले एमालेसँग कसैगर्दा पनि प्रतिस्पर्धा गर्न सकिदैन भन्ने त्रासले कांग्रेस र माओवादी आतंकित बनेको र त्यही कारण ब्याक फोर्सको साहारा लिन थालेको खुलासा गर्नुभयो ।

‘कांग्रेस र माओवादीमा कसै गर्दा पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने भयो भन्ने ठुलै त्रास छ, त्यही त्रासले अताल्लिएका छन,’ ओलीले भन्नुभयो, ‘एमालेसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने आतंक छ कांग्रेस माओवादीलाई । एमालेले देश र जनताको पक्षमा काम गरेको कारण उनीहरुमा यस्तो आतंक छाएको हो ।’ ओलीले एमालेले नै मुलुकको नेतृत्व गर्ने प्रष्ट पार्दै अव कोही पनि एमाले कार्यकर्ता भ्रममा पर्न नहुने बताउनु भयो । ‘एमालेले लिड गर्छ, संघर्ष गर्नुपर्दैन, एमाले त लिड गर्ने ठाउँ हो, संघर्ष गर्ने ठाउ एमाले होइन, यो कुरामा सवै प्रष्ट हुनुपर्छ,’ उहाँको भनाई थियो ।

कांग्रेस र माओवादीमा कसै गर्दा पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने भयो भन्ने ठुलै त्रास छ, त्यही त्रासले अताल्लिएका छन,’ ओलीले भन्नुभयो, ‘एमालेसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने आतंक छ कांग्रेस माओवादीलाई । एमालेले देश र जनताको पक्षमा काम गरेको कारण उनीहरुमा यस्तो आतंक छाएको हो 

ओलीले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै अव बिकाशलाई तीब्रता दिएर जनताको मुहार फेर्ने काममा लाग्न सवै निर्वाचित पदाधिकारीलाई निर्देशन दिनुभयो । ‘हाम्रो उदेश्य राजनीति मात्रै गर्ने होइन, देश बनाउने हो, हाम्रो राजनीति देश बनाउनका लागि हो । देश बनाउन हामीले जित्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘स्थानीय तह जितिएको छ, जहाँजहाँ जितिएको छ, त्यहा अव जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छ ।’
ओलीले गत बर्ष आफू नेतृत्वको सरकारले जनताको हितमा केही काम गरेको भन्दै अव जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम थाल्न निर्देशन दिनुभयो ।

‘गत बर्ष अलिकति हामीले सरकारको नेतृत्व गर्ने मौका पायौं, त्यो बेला हामीले केही काम गरयौं । तर त्यो नै हाम्रो प्रयाप्त काम होइन, अव त्यो काम पूरा गर्न लाग्नोस’ उहाँले भन्नुभयो ।

 

 

१७ असार २०७४, शनिबार १५:२२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *