Untitled Document

गुल्मी पुगेर ओलीको उदघोष : एमालेलाई बढार्छु भन्नेहरु अहिले आफैँ बढारिए

गुल्मी १७ असार- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बढार्छु भन्नेहरु अहिले आफै बडारिएको बताउनु भएको छ । गुल्मी सदरमुकाम तम्घार पुगेर रेसुङ्गा नगरपालिकामा बिजयी एमाले उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिँदै ओलीले सो भनाई राख्नुभएको हो ।

‘पहिले पनि एमाले सकिन्छ भन्नेहरु थिए, पहिलो पार्टी भएपछि गुपचुप भए, अहिले पनि आफै बढारिए,’ ओलीले भन्नुभयो । उहाँले २ नम्बर प्रदेशबाट एमाले बडारिन्छ भन्नेहरु पनि चुनावमा बढारिने उदघोष गर्नुभयो । ‘अरुले एमाले बढार्ने धम्की दिन्छ्न, परिणाम आउने बेला कुचो एमालेको हातमा हुन्छ,’ ओलीले भन्नुभयो ।

उहाँले दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो पार्टी नै बन्ने भएकाले यो जनताको मायालाई एमालेले सधै सम्मान गर्ने बताए । त्यस्तै हरेक गाउँ र बस्तिमा एमाले बिकास लिएर पसिरहेकाले सबैले स्वागत गरिरहेको उबताउनु भयो । ओलीले सबै जनताका घरमा काम गर्न पुग्ने काम एमालेले पूरा गर्ने जानकारी पनि दिनुभयो ।

रेसुङामा बिजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसहित पार्टी सचिवहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्टलगायत एक दर्जन केन्द्रीय नेता गुल्मी आइपुग्नु भएको हो । रेसुङा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल प्रमुख र सीता भण्डारी उपप्रमुखमा विजयी हुनुभएको छ ।

८ स्थानीय तहको सार्वजनिक ५ मा एमाले

गुल्मीको ८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । ८ स्थानीय तहको मतगणना सार्वजनिक भएअनुसार नेकपा एमालले ५ स्थानीयह तहमा सवजयी भएको छ भने २ मा काग्रेस र १ मा काग्रेस माओवादी गठबन्धनवाट माओवादी सवजयी भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा नेकपा एमालेका डिल्लीराज भुसालले ६ हजार ३ सय ८८ मत ल्यार विजयी भएका छन । उनका प्रतिद्धन्दी नेपाली काग्रेसका भुवन प्रसाद श्रेष्ठले ६ हजार २ सय ४१ म्त ल्याए । त्यस्तै उपमेयरमा एमालेकै सीता भण्डारीले ६ हजार २ सय २८ मत ल्याएर विजयी भएक िछिन भने काग्रेसकी अमृतादेवी कुवँरले ६ हजार २ सय २१ म्त ल्याएकी छन । त्यस्तै रुरु गाउँपालिकामा एमालेका निलकण्ठ गौतम प्रमुख र लक्ष्मी पन्त उपप्रमुखमा विजयी भएका छन । प्रमुखमा गौतमले ५ हजार २२ मत र उपप्रमुखमा पन्तले ५ हजार ४ सय ८८ मत ल्याएकी छिन उनका प्रतिद्धन्दी काग्रेस माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७ सय ६३ र देवेन्द्र मल्लले ३ हजार ४ सय ४६ मत ल्याए ।

यता मालिका गाउँपालिकामा एमालेका रित बहादुर थापाले ४ हजार ४२ मत ल्याएर प्रमुखमा विजयी भएका छन । त्यस्तै एमालेकै देवा अर्यालले ४ हजार ६४ मत ल्याएर उपप्रमुखमा विजयी भएका छन । उक्त पालिकामा काग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४ सय ४७ मत ल्याए भने सीता अर्यालले ३ हजार ७ सय ५९ मत ल्याइन । यस्तै मुसिकोट नगरपालिकामा एमालेका सोमनाथ सापकोटा मेयरमा विजयी भएका छन भने एमालेकै कमला शर्मा उपमेयरमा विजयी भएका छन । सोमनाथले ६ हजार ६ सय ६७ मत ल्याएका हुन भने शर्माले ६ हजार ६ सय ७ मत ल्याएकी छिन ।

उनका प्रतिद्धन्दी काग्रेसका कृष्णहरि सापकोटाले ५ हजार ५ सय ८७ र उपमेयरमा काग्रेसकै बिष्णु सापकोटाले ५ हजार ७ सय १६ मत ल्याएकी छिन । यस्तै छत्रकोट गाउँपालिकामा पनि एमालेले विजयी हासिल गरेको छ । उक्त गाउँपालिकामा एमालेका प्रमुख उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५ सय ५१ र उपप्रमुखमा नर्मदा भण्डारीले ५ हजार ४ सय ७६ मत ल्याएर विजयी भएका हुन ।

उक्त गाउँपालिकामा काग्रेस माओवादी गठबन्धनका प्रमुख पदका उम्मेदवार अनन्त पौडेलले ५ हजार १ सय १४ र उपप्रमुखका उम्मेदवार रामप्रसाद पाण्डेले ४ हजार ७ सय २७ मत ल्याएका छन ।

१७ असार २०७४, शनिबार १७:५६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *