जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १६:३३

२४ घण्टामा थपिए २८८ नयाँ कोरोना संक्रमित : २०९९ पुग्यो कुल संक्रमित संख्या (भिडियोसहित)


काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले आज नियमित अपडेटमार्फत यस्तो जानकारी दिनुभएको हो ।

यो तथ्यांकसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । यस्तै आजसम्म कुल संक्रमितमध्ये २६६ जना कोरोना संक्रमणलाई जितेर घर फर्कनुभएको छ । जसमध्ये २१२ जना पुरुष र ५४ जना महिला छन ।