जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार १६:४४

संक्रमितको सख्या २३ सय पुग्यो, बुधबार २०१ थप (भिडियोसहित)


काठमाडौं, जेठ २१

नेपालमा कुल संक्रमितको सख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज २०१ संक्रमित थप भएका हुन् ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १–१ जना, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २–२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो । उहाका अनुसार थप तीन जिल्लामा कोरोना देखिएसँगै अहिलेसम्म ६४ जिल्लाका संक्रमित भेटिएका छन् ।

यस्तै मुलकभर क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।