जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १७:५५

सबै ब्युटीपार्लरमा अनुगमन हुनुपर्छ, ठुला पार्लर भ्याटमा जानुपर्छः सुषमा महरा


काठमाण्डौं, जेठ ८

द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराले ब्युटीपार्लरको अनुगमन गर्ने हो भने सबै पार्लरमा अनुगमन गर्नुपर्ने बताउनु भएको छ । उहाँले सम्बन्धीत निकायले अनुगमन गर्दा व्यवसायीमा अथेन्टिक बिल राख्ने, कर नछल्ने, कर तिरेको बिलहरु मिलाएर राख्ने बानिको विकास हुने बताउनु भएको हो ।

सरकारले कुनै एउटा व्यवसायलाई ठेगान लगाउने हिसाबले भन्दा सम्पूर्ण पार्लर व्यवसायलाई व्यवस्थीत बनाउन अनुगमन आवश्यक रहेको बताउनु भयो ।

काठमाण्डौं मलमा भएको घोटलाको विषय उठाउँदै आउनुभएकी महराले आफुले काठमाण्डौं मलमा घोटलाको विषय उठाएपछि तर्साउने नामको अनुगमन हुन सक्ने संक्का व्यक्त गर्नुभयो छ । उहाँले आफु राज्यलाई कर तिरिरहेको बताउँदै ‘ सरकारले अनुगमन गर्ने हो भने सबै व्युटीपार्लरमा गरोस् । मैले काठमाण्डौं मलमा भएको घोटलाको विषय उठाएपछि तर्साउने काम नहोस् ।’ भन्नुभयो ।

फेसियल हाउसका सञ्चालक समेत रहनुभएकी महराले सरकारलाई अनुगमन गर्ने अधिकार भएको भन्दै कुनै व्यक्ति विशेषलाई तर्साउने हिसाबले भन्दा सम्पूर्ण पार्लर व्यवसायको अनुगमन गर्नु पर्ने बताउनु भयो । अध्यक्ष महराले बाणिज्य विभाग बाट आएको टोलिले काठमाण्डौं मलका चौथो तल्लाका पार्लरमात्र अनुगमन गरी बिल मिलेन भन्दै १० हजारको दरले प्यानेल्टी लगाएको बताउनु भयो ।

उहाँले सरकारले बढी कारोबार गर्ने र सबै मलमा खुलेका पार्लर अनिवार्य भ्याटमा जानु पर्ने पनि बताउनु भएको छ । बाहिर खुलेका साना व्यवसायी भ्याटमा जान नसक्ने तर मलमा खुलेका व्यवसायी भ्याटमा जानु पर्ने बताउनु भएको हो ।

न्यू रोड राजस्व कार्यलयका कर अधिकृत राम प्रसाद मैनालीले कुनै पनि व्यवसायीले कर छलि र गलत अडिटिङ रिपोर्ट बुझाएका छैनन् भने भ्याटमा जान सक्ने बताउनु भएको छ । करोडौंको कारोबार गर्ने व्युटीपार्लर कम अडिट देखाएर अब प्यानमा बस्न नसक्ने बताउनु भएको हो । उहाँले सबै ब्युटीपार्लरको अडिट हेर्ने स्पष्ट हिसाब देखाएकालाई भ्याटमा लैजाने र कर छलेको पाईए जरिवाना लगाउने बताउनु भएको छ ।

बाणिज्य विभागले बुधबार काठमाडौं मलमा अनुगमन गरेका निल डेभिड जो करोडौंको कारोबार गर्छ अझै प्यानमा छ । त्यस्तै क्युटी स्पा , रर्मिला फेसियल हाउस, न्युलेक्स, लक्ष्मी ब्युटीपार्लर लगाएतका व्युटीपार्लरले पनि प्यानमा कारोबार गरी कर छली गरेको हुन सक्ने विभागले बताएको छ ।