जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १८:४९

एनआरएनए अमेरिका निर्वाचनमा हार–जीतको अन्तरकथा


न्यूयोर्क, बैशाख ८

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सकिएको केही दिन भएको छ । चुनावसँगै परिणाम घोषणा भई अधिकांश पदमा निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्षसमेत रहेका सुनिल साह र उनको टीम बिजयी भएको छ । निकै खर्चिलो रुपमा सम्पन्न भएको यस निर्वाचनमा हरेक पार्टी र अमेरिकामा रहेका नेपाली समुदायको संगठनबीच एकताको साटो बैरभाव रहेको तथ्य बाहिर आएको छ ।

राजनीतिक दल निकट भनिने संगठनमा मात्रै गुट होइन, साझा भनिएको संस्था पनि निर्वाचनको परिणामपछि एकले अर्कालाई हिलो छ्याप्ने काम हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई ब्यवहारमा कार्यान्वयन गर्न नेपालमा लगानी भित्र्याउन एनआरएनलाई अपिल गरिरहँदा अमेरिकाको नेतृत्व भने संबिधान घोषणा भएलगत्तै संबिधान जलाउने अभियन्ताको हातमा पुगेको छ ।

एनआरएनए अमेरिकाको निर्वाचनमा संबिधान जलाउनेले नेतृत्व हत्याउँदा अन्य दृष्यहरु पनि चकित पार्ने देखिएका छन । तिनिहरुलाई निम्न बुँदामा सुत्रवद्ध गर्न सकिन्छ ।

गौरी जोशी र केशब पौडेलबीच जुङ्गाको लडाई

आगामी असोजमा नेपालमा हुने ग्लोबल सम्मेलनमा गौरी जोशी र केशब पौडेल दुवै सचिवको दाबेदार छन । अमेरिकादेखि करिब एक सय भन्दा बढी प्रतिनिधि लैजान पाउने भएकोले पनि अमेरिकामा आफ्नो पक्षमा निर्वाचन पार्न चाहन्थे । बिगत २ बर्षदेखि सुनिल साहको लगानीमा आफ्नो सम्पूर्ण खर्चको ब्यबस्थापन गर्दै आएका कारण साहलाई अध्यक्ष बनाउनै पर्ने बाध्यतामा थिए पौडेल । गत निर्वाचन अघि गौरी जोशीको खर्चमा २ बर्ष ब्यबस्थापन गरेका पौडेल अन्तिम समयमा गौरीकै बिरुद्ध चुनाब लड्ने परिस्थिति भए पछि गौरी र पौडेलबीच द्वन्द्ध चल्यो ।

अन्तिम अवस्थामा गौरीलाई विभिन्न डर त्रास र आस देखाई अध्यक्षको रेसबाट अलगाइ दिए केशब पौडेलले । ग्लोबल सम्मेलनमा गौरी आइआरसी पदमा बिजयी हुँदा केशबले समेत सहयोग गर्ने बाध्यता बन्यो । यो पटक गौरी बरिष्ठ उपसभापति सुनिल साहलाई सभापतिमा हराएर सभापतिमा न्युयोर्क निवासी सूर्यसाल लम्साललाई अध्यक्ष बनाउन चाहन्थे । साहले वेबसाइड निर्माण र ठेक्कामा बदमासी भएको देखेका गौरीले साहलाई निर्वाचित भएपनि मान्यता नदिने योजना बनाएका थिए । योजनाअनुसार अध्यक्षका उम्मेदवार सञ्जय थापा र सूर्य लम्सालालाई प्रयोग गरेर निबेदन दिन लगाएर आइसीसी उपाध्यक्ष कुल आचार्य र महासचिब बद्री केसीको सल्लाहमा ५ सदस्यीय भेरिफिकेसन समिति निर्माण गर्यो ।

समितिले काम थाल्न खोजेता पनि केशव पौडेल र निर्वाचन समितिले कुनै कागज पत्र दिन मानेनन । वेबसाइटबाट डाटा निकालेर छानबिन गरेको उक्त समितिले २०९३ जना मान्छेहरु अनाधिकृत रुपमा मतदाता नामावलीमा प्रवेश गराएको निश्कर्ष निकाले पनि चुनाब रोकाउन सक्ने स्थिति र अधिकार नभएकोले उम्मेदवारहरुको जिम्मामा छाडदै कमिटी बिघटन गरे । मतदान गर्न ५ घण्टा अघिसम्म उम्मेद्वारहरु निर्वाचनमा जाने कि नजानेमा छलफलमै रहेकोले केही निर्णय हुन सकेन । एक्कासी बिहान ८ बजे निर्वाचन आयोगले मतदान शुरु गरायो । फर्जी मतदाताको सहयोगमा सुनिल साहले एनआरएन अमेरिकाको नेतृत्वमा बाजी मारे ।

संजय थापामाथि आफ्नैले घात

अमेरिकामा निर्धक्कसंग कम्युनिस्ट हुँ भन्न नसकेर यहाँको कानुन अनुसार संस्था दर्ता गराएर बिगत १९ बर्षदेखि अमेरिकामा र्समाजिक कार्य गर्दै आएको ओएनएफ र पछिल्लो पटक नेपालमा माओबादी केन्द्रसंग एकता गरेर बनेको दल नेकपाको अमेरिकामा रहेको सद्भाव समूह ओएनयुएफले अमेरिकामा एनआरएनए निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा रहेका ओएनएफका पूर्वसभापति सञ्जय थापालाई अध्यक्षको लागि प्रस्ताव गर्यो ।

अमेरिकामा रहेको २ दलको संगठन एकीकृत बनाउन बनेको चार सदस्यीय समितिमध्ये २ जना शुरुदेखि नै सदस्यता बनाउन र बैठकमा समेत नआउने गर्न थाले । ४ क्षेत्रमा समिति बनाएर काम गरेका समितिहरुले प्रत्येक क्षत्रमा ५ सयदेखि ५ सय ५० सम्म भोट बनाए पनि अन्तिममा संजय थापाले १५ सय ५० भन्दा बढी भोट ल्याउन सकेनन ।

सुनिल साहलाई केशब पौडेलले अघि बढाएको मन नपाराएका कांग्रेसका जनजाति नेताहरुले आफू मध्यबाट उम्मेदवार हुने मान्छे नपाएपछि आफुहरुले बनाएका भोटबाट पूर्वबोर्ड अफ डाइरेक्टर तथा गत निर्वाचनमा महासचिबका उम्मेद्वार सूर्य लम्साललाई उम्मेदवार बनाउने र जिताउने निधो गरे । ९ हजारमध्ये आफुहरुको भोट ४ हजार भएको भन्दै प्रचार प्रसार अभियान तिब्र पारे । संजय थापाको टिममा रहेका केही उम्मेद्वारहरुलाई आकर्षित गर्न बिभिन्न जालो फ्याक्न थाले । न्युयोर्कमा रहेका थापाका जनजाति कार्यकर्ता समर्थकहरुमाथि दबाब सिर्जना गरेर संजय थापालाई अध्यक्षबाट थुत्न लगाउन खेलहरु पनि भए ।

लम्सालको प्रभाव बढन थालेपछि सचिवालयमा बसेका थापाकै सहयोगीहरुले समेत लम्सालका भोट अत्यधिक भएकोले उनलाई सपोर्ट गर्न पर्नेमा छलफल चलाउने ठाउँमा पुगे । यता संजय थापालाइ पार्टीभित्रको गुट संचालनको मुख्य भूमिकामा रहेको कारण पनि उनले चुनाब हार्नुको मुख्य कारण रह्यो । गत बर्षदेखि अमेरिकामा रहेको दुई संगठनको एकता गराउने सन्दर्भमा एकताको पक्षपाती हो कि भन्ने जस्तो पार्ने, भित्र–भित्र प्रभु थापालाई नै बलियो बनाउने भन्ने अमेरिकामा रहेका पूर्वएमालेकै नेता कार्यकर्ताका बुझाइ रह्यो ।

यसपटक एकतामा बाधिदै गरेको प्रगतिशील मंचलाई पनि यो समुहले भरसक आफ्नो पक्षमा पारेर एनआरएनए र आगामी एकतापछि प्रभु थापा र ओली गुटको छायाबाट अलग थलग बनाउन बिभिन्न खेल गर्न साझा समझदारी बनेको आभास पाइएको छ । यस्तै मिडवेष्ट उम्मेद्वार बाला घिमिरेमाथि पनि आफ्नैले कैची चलाउँदा पराजीत हुनुपर्यो । थापालाई जस्तै घिमिरेलाई पनि नेकपाभित्रैको गुटले पराजयको सामना गरायो । अनेकन राजनीति चल्दा एनआरएनए अमेरिकामा कोषाध्यक्षमा निर्वाचित हुनैपर्ने रविन बज्राचार्य र युवा संयोजक प्रितम कुसियत पनि पराजयको सामना गर्नुपर्यो । यति हुँदाहुदै पनि संजय थापाको टिमबाट पाँच जना बोर्ड डाइरेक्टर बिजयी भएका छन । केही आइसीसी सदस्यहरु बिजयी भएका छन ।

सूर्य लम्सालको लगानी मात्रै, उपलब्धी सून्य

कांग्रेस निकट रहेका साल लम्साल (सूर्य) २० बर्षदेखि अमेरिकामा बसेर बिगत केही बर्षदेखि सामाजिक गतिविधिमा लागेका व्यक्ति हुन । २ बर्ष अघि लम्साल कांग्रेसकै कोटाबाट एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर निर्वाचित भएका थिए । लम्साल गत अघिवेशनमा महासचिबमा उम्मेदवार भए । तर निर्वाचनमा जित्न सकेनन । न्युयोर्कमा भएको महायज्ञमा लम्सालले दिल खोलेर आर्थिक सहयोग गरे । तर यिनैलाई कांग्रेसीजनले धोका दिए ।

अनेक तिक्डमबाजि हुने अमेरिकामा लम्साल प्यानलका कुनै पनि उम्मेदवारले जित्न सकेनन । उनले बनाएका भोट पाएर भने कतिपय उम्मेद्वारहरु बिजयी भए । चुनावमा दिल खोलेर खर्च गर्ने लम्सालमाथि कांग्रेसीजनकै घात भयो । नेकपाका भनिएका केही ब्यक्तिहरु पनि थापाको साटो लम्सालले जित्लान कि भनेर सुनिल साहतिर लागे । जस्को कारण साहले बाजी मार्दा लम्साल र थापा निकै तल परे ।