जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १६:४५

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम, प्रवक्ता देवकोटा गुणस्तर मापन महाशाखामा सरुवा


काठमाडौं, जेठ २५

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले भोलीबाट नयाँ प्रवक्ता गौतमले प्रेस ब्रिफिङ गर्ने जानकारी दिनुभयो । गौतमलाई समन्वय महाशाखासहित मन्त्रालय प्रवक्ताको जिम्मेवारी दिइएको छ।

डा‍‍. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । डा. गौतम यसअघि परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीको निर्देशक हुनुहुन्थ्यो । डा. गौतम गत बिहीबार मात्रै मन्त्रालयमा सरुवा हुनुभएको हो। यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशकलगायत महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।