जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०८:३२

भारतिय लोकसभा निर्वाचनको मतगणना शुरु, विजेपीलाई शुरुवाती अग्रता


काठमाडौं ।

भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहान ८ बजेबाट मतगणना हुन लागेको हो । शुरुवाती रुझान अनुसार भारतिय जनता पार्टी विजेपीको गठबन्धनले अग्रता लिएको छ ।

भारतमा गत चैत २८ बाट सुरु मतदान गत आइतबार सकिएको थियो । भारतीय तल्लो सदन लोकसभाको कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् । १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले मत जायर गरिसकेकाले मतको पोको खुलेपछि यसले उम्मेदवारहरुको भाग्य फैसला गर्नेछ ।

निर्वाचनमा दलहरु विभिन्न गठबन्धन बनाएर भिडेका छन् । खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिन्छ ।