जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १०:३२

लोकसभा निर्वाचनमा बिजेपी बहुमततर्फ अग्रसर


काठमाडौं ।

भारतिय लोकसभा निर्वाचनको शुरुवाती रुझानमा सत्तारुढ भारतिय जनता पार्टीको गठबन्धनलाई स्पष्ट बहुमत मिलेको छ । भारतिय निर्वाचन आयोगले जारी गरेको शुरुवाति रुझानमा भारतिय जनता पार्टीले २७७ सिटमा अग्रता बनाएको छ ।

५४२ मध्ये सरकार बनाउनका लागि २७४ सिट आवश्यक पर्दछ । ५४२ मध्ये ५११ को शुरुवाति परिणाममा विजेपीले २७७ सिटमा अग्रता बनाएको छ । भारतिय नेश्नल कंग्रेसले भने केवल ५२ सिटमा अग्रता बनाएको छ ।

पछिल्लो परिणाम अनुसार भाजपाका नेता एंव प्रधानमन्त्री नरेन्द्र मोदीले वनारसीबाट स्पष्ट अग्रता बनाएका छन् । उनले निकटतम प्रतिद्धन्दीभन्दा दोब्बर बढि मतले अग्रता बनाएका छन् । यस्तै, कांग्रेसका अध्यक्ष राहुल गान्धी र नेतृ सोनिया गान्धीले पनि आ आफ्नो क्षेत्रबाट अग्रता बनाउन सफल भएका छन् ।